Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणना जारी छ । आइतबार बेलुकासम्म ३५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुँदा एमाले एक्लैले १५ वटा पालिकामा जिवयी हासिल गरेको छ । कांग्रेसले १० पालिकामा विजय हासिल गरेको छ भने माओवादी केन्द्रले ८ र एकीकृत समाजवादी २ पालिकामा विजयी भएको छ । हेर्नुहोस् सार्वजनिक परिणाम : एमाले१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङकान्छा घले/एमाले२ चामे गाउँपालिका/मनाङलोकेन्द्र वहादुर घले/एमाले३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङलोप्साङ छोम्पेल विष्ट/एमाले४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङरिङजीन नामगेल गुरुङ/एमाले५ लोमन्थाङ गाउँपालिका/मुस्ताङटसी न्हर्वु गुरुङ/एमाले६ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पाधावा सम्डुक गुरुङ/एमाले-७ खुम्बु पासाङ ल्हामु गाउँपालिका/सोलुखुम्बुमिङमा छिरी शेर्पा/एमाले८ साइपाल गाउँपालिका/बझाङमानवीर बोहरा/एमाले९ बौदीकाली गाउँपालिका…

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिका– ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन् । नेपाली कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका बडैला फराकिलो मतान्तरले वडामा विजयी भएका हुन् । उनले मुख्य प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शिव विकलाई पराजित गरे । २ हजार १ सय ८४ मतमध्ये बडैलाले १ हजार ७९ मत ल्याए भने विकले ५६९ मत मात्रै ल्याउन सके । विक २०७४ मा वडामा अध्यक्षमा विजयी भएका थिए । यस्तै नेकपा एमालेका भीम विकले ४ सय ४ मत पाए । गोदावरीमा तीन दलिय गठबन्धन गर्ने बहस चलिरहेका बेला वडास्तरमा कांग्रेस एक्लै लड्नु पर्छ भन्ने अडान राख्दै आएका बडैलाले विरोध…

Read More

बाजुरा- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको हो । काँग्रेसबाट भरतबहादुर रोकाया २ हजार ११ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी एमालेका चतुरभुज शाहीले १७ सय ५७ सय मत ल्याए । यस्तै उपाध्यक्ष मैना जोशीले १८ सय १० ल्याएकी थिइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याइन् ।

Read More

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरमा नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्रीले जित हात पारेका हुन् । मेयरमा चैसिरले ५ हजार १३ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गरेका छन् । भट्टले २०७४ को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडि पार्दै विजयी भएका थिए । यस्तै उपमेयरमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् । विष्टले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए ।

Read More

काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना पुष्टी भएको छ । देशभर गरिएको २१८८ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेको अवस्थामा १४२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा पुनः सन्तोष मुडभरी विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउदै मुडभरी विजयी भएका हुन् । वडा सदस्यमा दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन् । वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन शाही, लक्ष्मण बिक, हिरेन्द्रबहादुर शाह, सामाजिक एकता पार्टीबाट मेलराम डगौरा थारु र जनता समाजवादी पार्टीबाट सिमादेवी सेवाले उम्मेदवारी दिएका थिए ।

Read More

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका दलजित धामी ३ हजार ५९८ मतसहित विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार १९१ त ल्याए । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ७६७ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरीदेवी ठगुन्नाले २ हजार ८६७ मत प्राप्त गरिन् ।

Read More

काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।ताजा मतपरिणाम अनुसार ३१५३ मत गणना हुँदा हमालले १ हजार ४७२ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनबाट साँझ उम्मेदवार बनेका काँग्रेसका नृपबहादुर वडले ८६३ मत प्राप्त गरेका छन भने नेकपा एमालेका रणबआदुर चन्दले १५४ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं – काठमाडौं भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ। मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए । यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।

Read More

कञ्चनपुर- कञ्चनपुरका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार ८ पालिकामध्ये नेपाली कांग्रेसले ४ पालिकाको प्रमुख र उपप्रमुख दुवैमा अग्रता लिएको छ । कांग्रेसले कञ्चनपुर सदरमुकामको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, कृष्णपुर र बेदकोट नगरपालिकाको मेयर उपमेयर दुवैमा अग्रस्थान हासिल गरेको छ । यी पालिकामा एमालेले कांग्रेसलाई पछ्याउँदै छ । यस्तै लालझाडी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसले अग्रता कायम राखेको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले एक्लै चुनावमा भिडेका छन् भने माओवादीले केही स्थानीय तहमा एकीकृत समाजवादीसंग तालमेल गरेको छ । एक्लै चुनाव लडेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर उपमेयर दुवैमा अग्रता बनाएका छ । बेलौरीमा माओवादीलाई…

Read More