Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कार्यरत खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, र कतारका लागि काउन्सेलर(श्रम) र श्रम सहचारी सिफारिस गरेको छ। मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीन बन्धु सुबेदीलाई सिफारिस गरेको हो। कार्की श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, मिनभवनमा कार्यरत छन् भने सुबेदी वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा कार्यरत रहेका छन् । यस्तै बहराइनको श्रम सहचारीमा शाखा अधिकृत जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेलको नाम सिफारिस भएको छ । काफ्ले र पौडेल दुवै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । उनीहरूलाई काउन्सेलर(श्रम) तथा सहकारी…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । अध्यक्ष ओलीले संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको संसद् बैठक ११ बजेका लागि डाकिएको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट पनि गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् । ओलीले २५ वैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणअघि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाने भएका छन् । नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएलगत्तै भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका शर्मा अमेरिका भ्रमणमा जाने निश्चित भएको हो । शर्माको भ्रमण जुन २६ देखि ३० को बिचमा हुने गरी दुई पक्षबीच छलफल चलिरहेको छ । प्रधानसेनापति शर्मा अमेरिकासंगै मध्यपूर्वका मुलुकहरुको भ्रमणमा जाने तयारीमा छन् । उनले त्यहां शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको मिसनको निरीक्षण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणमध्ये जुलाईका लागि तय भएको छ । दुवै पक्ष जुलाई १४÷१५ मा भ्रमणको मिति तय गर्ने गरि काम गरिरहेका छन् । देउवाको…

Read More

टेक्सास– अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीको एक दिनपछि सोही क्षेत्रका विद्यालयबाहिर बन्दुकसहित एक विद्यार्थी पक्राउ परेका छन् । १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानाकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो । १८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको हत्या गरेको भोलिपल्ट यो घटना भएको हो ।

Read More

अछाम- अछाममा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल बिनायाक नगरपालिका–६ सालघारी डाँडा बस्ने ३९ वर्षीया रमिता न्यौपाने ढुंगा लगेर मृत्यु भएको हो । बुधबार राति छिमेकीको घरबाट फर्किने क्रममा बान्नीतोलीका ३० वर्षीय हिराप्रसाद न्यौपानेले लडाएको ढुङ्गा लागेर घाइते भएकी महिलाको अस्पताल लैजानेक्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिनायकले जनाएको छ ।

Read More

सिन्धुपाल्चोक- लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ। गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो। एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

Read More

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले भारत जाने कामदारको निःशुल्क बिमा गर्ने भएको छ । गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बिमा गर्ने निर्णय भएको बताए । कार्यविधि बनाएर रोजगारीका लागि भारत जानेहरुको बिमा गरिने प्रक्रिया अगाडि बढाइएको छ । रोजगारीका लागि भारत जानेहरुले सम्बन्धित वडा तथा पालिकामा आफ्नो विवरण पेश गर्ने र सोही विवरणको आधारमा दुर्घटना बिमा गरिने अध्यक्ष जोशीले बताए ।

Read More

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलबाट विजयी जनप्रतिनिधिलाई यही १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव बेदुराम भुसालले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । विज्ञप्तिमार्फत जवाफदेहिता र पारदर्शिता नागरिकको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र भएकाले पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ । महासचिव भुसालले यसको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन दिएका छन् । नागरिकको विश्वासप्रति सधैँ इमानदार रहन, नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न, चुनावको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न तथा निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ…

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेका छन्। आज पदभार ग्रहण गर्दै उनले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने बताए। नगरभित्रका स्वास्थ्य संस्थाबाट अन्यत्र उपचारका लागि पठाउनुपर्ने सुत्केरी र अशक्त बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गर्ने निर्णय गरिएको छ। थारू समुदायको परम्परागत कालदेखि प्रचलनमा रहेको भल्मन्सा, वडघर प्रथालाई कानुन निर्माण गरी नगरसँग जोडिने छ। सामाजिक सुरक्षा भत्तालाई वडा तहमा वितरण गर्ने र नगरपालिकाभित्र रहेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णयसमेत गरेका छन् । रासस

Read More