Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार नेपाल बारकी महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसै संलग्नता पाइएमा कारबाही गर्न माग गरिएको छ । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख लक्ष्य रहेको जनाउँदै यस्ता अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्ष भएको जनाइएको छ । ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन निन्दा गर्दछ,’…

Read More

काठमाडाैं – वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमितरूपमा सञ्चालन हुने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपालकाबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान आज बिहान ११ बजेदेखि नियमित सञ्चालन गर्ने भएका हुन्। संघका प्रवक्ता योगराज कँडेलले आज बिहान ११ बजेदेखि हवाई सेवा नियमित हुने बताए। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताएका थिए। ‘जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ,’ उनले भने। मंगलबार प्राधिकरणले जारी गरेको…

Read More

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा सरकारमा सहभागी कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्रिपरिषद् फेरबदल रहेको बताइएको छ । एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ । तर, बजेट पास नभएसम्मका लागि धैर्य गरिदिन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेकाले मन्त्री हेरफेर लम्बिएको हो । समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने…

Read More

काठमाडौं – निर्वाचन आयोगमा सञ्चारकर्म छोडेर राजनीतिमा लागेका रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने उनले बताए । प्रवक्ता पौड्यालले भने–‘आयोगमा छ–सात जनाको समूहमा आएका व्यक्तिहरुले निवेदन दिएर जानुभएको छ । उहाँहरुको निवेदनमा के के कुरा छन्, ती कुराहरु प्रचलित निर्वाचन कानुनी व्यवस्था अनुसार छ…

Read More

महेन्द्रनगर – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाषी-सुडा खण्डमा आज बिहान बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बर्दियातर्फ गइरहेको ना ४ ख ८०७७ नं को बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका–६ बस्ने ३० वर्षीया बिमलादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि आक्रोसित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन राजमार्ग खुलाउन प्रयासरत रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बलमेले बस र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

Read More

तनहुँ – बिहीबार तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा भएको एक विवाहमा फरक दृश्य देखियो । वैरेनीका २६ वर्षीय विनोद सापकोटा बेहुली लिन साइकलमा निस्के । वैरेनीबाट ६ किमी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए । सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिनुभयो । ‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश…

Read More

काठमाडौं – पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको छ । इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नं। १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँट गरिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता…

Read More

काठमाडौं – आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार आज ४०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ९७ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीको भने हिजो मंगलबारको तुलनामा १० रुपैयाँले घटेको छ । आज बुधबार चादीको मूल्य प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ रहेको छ ।

Read More

काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ ८ असार बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार…

Read More

काठमाडौँ — काठमाडौं जिल्लाअदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच एक व्यावसायीलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे कुरा गरेको अडियो सार्वजनिक भएको छ । सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गतवर्षको असोज १८ मा इच्छाराज तामाङलाई पक्राउ गरेको थियो । न्यायाधीश र वकिलबीच भएको घुस लेनदेनबारे न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेको हो । सो अडियो सार्वजनिक भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् । सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । अधिवक्ता पोखरेलले…

Read More