Author: महेन्द्रनगर पोष्ट

भरतपुर – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताउनुभयो । भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । चितवन कृषिमा अब्बल मानिन्छ । चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानी भनेर परिचित छ । भरतपुर महानगरलाई कृषिको केन्द्रका…

Read More

काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको छ । मालवाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौला स्वचालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन्…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’ उनले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि सुनाए । यी…

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताउनुभएको हो । स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उहाँले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उहाँले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताउनुभयो । हालै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रशिक्षणका क्रममा बोलेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस अहंकारको…

Read More

काठमाडौं । आज शुक्रबार छापावाल सुनको मूल्य ९ सय रुपैँयाले बढेर ९८ हजार ५०० रुपैयाँमा कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ २५ रुपैँयाले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौँ – एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ । दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी हो । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो । यस्तै, दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ ।…

Read More

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत प्रस्थान गरेका छन् । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि मन्त्री यादव भारत प्रस्थान गरेका हुन् । खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् । भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएका छन् । मन्त्री यादवका प्रेस सहयोगी सत्यप्रकाश यादवका अनुसार व्यापार सहजीकरण, अलैंची चिया निर्यात, हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको छ । सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ । उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर सार्वजनिक…

Read More

काठमाडौँ – नेपालले आईसीसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनाउन सक्यो। कतारका लागि कप्तान साची ढड्वालले १४ रन जोडिन । श्रुतिबेन कमलेशभाइ रानाले पनि १४ रन जोडिन । कतारलाई सस्तैमा समेट्न नेपालकी सृष्टि जैशीले ३ विकेट लिईन । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय…

Read More

काठमाडौँ – कैलालीमा नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोडेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध यी दुवै पार्टीसँग तालमेल गरेको माओवादीले जिल्ला समन्वय समिति (जिसस) गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति गरेको छ । बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको छ । एमाले कैलालीका सचिव डेजी पाण्डेले सहमतिअनुसार जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले लिने जानकारी…

Read More