Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – कोरोना बिमामा सरकारले तिर्नुपर्ने रकमको स्रोत खोज्न समिति गठन भएसँगै काममा सक्रियता देखिएको छ । कोरोना बिमा सम्बन्धमा पछिल्लो अवस्थाबारे पूर्ण विवरण पठाउन अर्थ मन्त्रालयले बिमा समितिलाई पत्र पठाएको छ । पत्रमा कोरोना बिमामा हालसम्मका हरेक बिमा कम्पनीअनुसार बिमित संख्या, हालसम्म भुक्तानी भइसकेका र भुक्तानी हुन बाँकी रकम र संख्या पठाउन भनिएको छ । ‘नेपाल सरकारले बिमा भुक्तानी दिन सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भन्ने विषयमा भएको निर्णय, निर्देशिका वा अन्य कुनै त्यस्ता आधार भए त्यो पनि पठाउनू,’ पत्रमा भनिएको छ, ‘कोरोना बिमा गरेका बिमितमध्ये दोहोरो पर्ने गरी बिमा गरिएको वा आंशिक भुक्तानी पाएकाहरूको विवरण पनि उपलब्ध गराउनू ।’ कोरोना बिमा गरिएकामध्ये राष्ट्रसेवक…

Read More

बारा – बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ । बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो । पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ ।

Read More

बैतडी – बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । घाइतेको परिचय खुलेको छैन । खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा महिलालाई आगो लगाई जलाएको घटना हत्याका मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला सदरमुकाम खंलगामा पत्रकार सम्मेलन आयोजना गरी अभियुक्त ४२ वर्षीय भोजराज खडायतलाई सार्वजनिक गरिएको हो । अनुसन्धानबाट स्थानीय भोजराज खडायतले घटना घटाएको खुल्न आएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक विष्टले जानकारी दिए । जेठ २५ गते विहान वर्ष ४५ कि अनिभा खडायतको शव घर नजिकैको खरको थुप्रोमा आगोले जलेको अवस्थामा फेला परेको थियो । घटनाको जानकारी प्रहरीमा आएपछि अनुसन्धानका लागि दार्चुलाका प्रहरी प्रमुख विष्टको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान गरेको छ । प्रतिवादी खडायत चमेलिया जलविद्युत आयोजना बलाँचमा कार्यरत सुरक्षा गार्ड थिए…

Read More

अछाम- अछामको ढकारी गाउँपालिकाको गाडी साँफेमा दुर्घटना भएको छ । धनगढीबाट आएको गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी शनिबार विहान ५ बजे जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदलगायत ६ जना रहेका जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख निमित्त कैलाश सिंह बिष्टले बताए । उनका अनुसार गाडी चालक लली नेपाली सामान्य घाइते भएका छन् । उनको धुब्रतारा हस्पिटलमा उपचार भएको प्रहरीले जनाएको छ ।

Read More

आज – २८ जेठ २०७९ शनिवार । यस्तो छ आजको राशिफल :मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ…

Read More

मोरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नुपर्ने बताएका छन् । नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार आयोजित बृहत् कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए । उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवाद समेत दिए । अध्यक्ष ओलीले नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा बसोबास गर्ने जनता नै भएको विचार राखे…

Read More

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर स्थित बाँधनजिक शुक्रवार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको सनाखत भएको छ । घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो । घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा २ पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ । भासिएको…

Read More

पाल्पा – पाल्पाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ। बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन गरी प्रक्रिया थालनी गरेको छ । छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताए । छानबिन समितिले बिरामी नै बोकेको हो भन्ने गल्ती प्रमाण पाएमा चालकलाई कारबाही गर्ने अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिए । ७ दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समितिलाई उनले निर्देशन दिए । अस्पतालको बा२झ १७४३ नम्बरको एम्बुलेन्स…

Read More

तनहुँ – तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गरिएको हो । बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ । डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले उक्त खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा…

Read More