Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराए । “यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गर्छु, नभए घर बेचेरै भए पनि एक वा डेढ करोड जति हुन्छ, बेचेर व्यक्तिगत…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने लागेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएको बताउदै माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको बताएका हुन् । ‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ’ प्रचण्डले भने, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको…

Read More

दार्चुला – निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउनु आग्रह गरेको छ । जिल्ला निर्वाचन अधिकारी प्रदिप सिह धामीले पालिका चुनावमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरुले खर्च विवरण पेश गर्नुपर्ने बताएका छन् । दार्चुलाका ९ वटै स्थानीय तहमा ३२३ जना अहिले नयाँ उम्मेदवार भएका छन । ३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने समेत जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन आयोगले नगरपालिकाको हकमा प्रमुख वा उपप्रमुखले ४ लाख ५० हजारसम्म र वडा अध्यक्ष, वडा सदस्य,…

Read More

काठमाडौं – राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् । बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएको उनको भनाइ छ ।

Read More

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताए । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उनले बजेटमा सञ्चालानमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताए । बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उनले युवालाई विदेश पहलायन…

Read More

रसुवा – चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा बढाइने भएको छ । सवारी इन्धनको निरन्तर मूल्यवृद्धि भएसँगै नेपाल ट्रक कन्टेनर ढुवानी सेवाले चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि गर्ने भएको हो । नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले रसुवा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई २५ जेठदेखि लागू हुने गरी रसुवागढी र तातोपानी नाकामा सञ्चालन हुने ट्रक(कन्टेनरको ढुवानी भाडा समायोजन गरिएको पत्र पठाएका छन् । समायोजन गरिएको ढुवानी मूल्यअनुसार टिमुरेदेखि काठमाडौंसम्म रेडिमेडको एक लाख ५ हजार र स्याउको ८५ हजार भाडा निर्धारण…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ   । राजधानीको कुमारी हलमा आयोजित प्रशिक्षणमा माओवादीले एक सय २१ स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधिहरूको सहभागी रहेको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट माओवादी केन्द्रबाट विजयी भएका जनप्रतिनिधिहरु सहभागी भएका छन् । २ दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् । उक्त अवसरमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, बर्षामान पुन, दिनानाथ शर्मा, देवेन्द्र पौडेल, लिलामणि पौडेललगायतको उपस्थिति थियो । हालै सम्पन्न…

Read More

काठमाडौं – देशका विभिन्न ठाँउमा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, जाजरकोट, सिरहा, सुर्खेत र मोरङमा पाँच जना मृत अवस्थामा फेला परेका हुन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक खहरे डेरा गरी बस्ने ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको शिवलय गाउँपालिका–६ पानीमुला बस्ने २७ वर्षीया दुर्गा वुढा ९शाही० सोही ठाउँस्थित आफ्नै कोही नबस्ने घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसोदेखि घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त घरको कोठामा शव फेला परेको हो । सिरहाको लहान नगरपालिका–७ बस्ने ३५ वर्षीय सुखिया गोसाई आफ्नै घरभित्र…

Read More

मनाङ – हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाई रु १४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने…

Read More

बैतडी – डिलासैनी गाउँपालिका–४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुक सहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मत बहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्र बहादुर बिष्ट रहेका छन् । प्रहरी चौकी धामीगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई चौसालको जंगलबाट दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । वन कार्यालयसँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More