Author: महेन्द्रनगर पोष्ट

बुटवल – रुपन्देहीको रोहिणीमा आइतबार बिहान भएको बस दुर्घटनाका चार जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीय दिनेश दास छन् । यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गतको रोहिणी पुलबाट नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना…

Read More

तनहुँ – तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा हिजो साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक तनँहुको बन्दिपुर गाउँपालिका–१ का अन्दाजी २१ वर्षीय ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा साँझ सवा ६ बजे मृत्यु भएको हो । दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको क्षेत्री सवार ग १५ प १४८४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर हिजो साँझ ६ बजे आपसमा ठोक्किएका थिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएका छन् । दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी उनले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका हुन् । घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह…

Read More

बुटवल – लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरेको हो । ‘कार्यविधि बनाएर थन्क्यिाइएका विद्युतीय सवारी सञ्चालनमा ल्याउने निर्णय काठमाडौंमा सम्पन्न लुम्बिनी विकास कोषको बैठकले गरिसकेको छ’, कोषका सदस्यसचिव सानुराजा शाक्यले भने । कोषको बैठकले कार्यविधि निर्माणका लागि तीन सदस्यीय कार्यदलसमेत बनाएको छ । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा गठित कार्यदलमा विश्वराज पौडेल र राजेश शाक्य सदस्य छन् । एसियाली विकास बैंकले डेढ वर्ष अगाडि लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै पाँच वटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी अनुदानमा उपलब्ध गराएको थियो…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ​सार्वजनिक शौचालय सञ्चालन गर्ने सरोकारवाला निकायलाई सात दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ। महानगरभित्रका होटल, रेष्टुरेण्ट, बैंक, व्यापारिक मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी र गैर सरकारी संस्थाको शौचालयलाई बनाउने महानगरको गत १६ गतेको बैठकले निर्णय गरेको थियो। महानगरको सार्वजनिक निजी साझेदारी एकाइले सात दिनभित्र बबरमहलको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

Read More

काठमाडौं- यस वर्षको मनसुनी प्रणाली नजिक आउन थालेको जलत तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन नेपालतर्फ सर्ने क्रममा रहेको मौसमविद् हिरा भट्टराईले बताइन् । भारतबाट नेपालतर्फ सर्नेक्रममा मनसुन चेन्नेई पार भइसकेको र जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको उनको भनाई छ । गएको वर्ष जेठ २८ गते मनसुनी प्रणाली नेपाल प्रवेश गरेको थियो।

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव छ । त्यसैको प्रभावले देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति यीनै चार प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

Read More

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय किशोर बिनोद शाहीको मृत प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन गरिएको छ । निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार उक्त टोली शनिबार साँझ नै अछाममा खटाइएको हो । यसैगरि जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि इन्स्पेक्टर सन्दीप शाह नेतृत्वमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।…

Read More

रुपन्देही- रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना यात्रु घाइते भएका छन् । जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुको भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्न सातवटै प्रदेशबाट सूचना संकलन गर्ने भएको छ । प्रदेशबाट सूचना सङ्कलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिवार बसेको पार्टी सचिवालय बैठकले पालिका चुनावको गम्भीर समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा एकरएक जना सचिवालयका सदस्यलाई खटाउने निर्णय गरेको हो । पाँच दिनभित्र सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेसमा रामचन्द्र झा, बाग्मतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । बैठकमा…

Read More