Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे श्वेतपत्र जारी गर्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । एसपीपी अमेरिकाले भनेजस्तो बिपद जस्ता विषयमा साझेदारी कार्यक्रम नभएर मूलतः रणनीतिक सैन्य साझेदारी भएको सामाजिक सञ्जालमार्फत उनले दाबी गरेका छन् । एसपीपीका लागि नेपालको प्रधानसेनापतिले अनुरोध पत्र पठाएको स्पष्ट भएपनि नेपाल सरकारको तर्फबाट पनि सहमति जनाएको हुनसक्ने श्रेष्ठको आशङ्का रहेको छ । एसपीपी सम्बन्धी घटनाक्रमको विकासलाई हेर्दा नेपाल सरकार, पार्टी र नेताहरू राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका विषयहरूमा समेत गम्भीर छैनन् भन्ने पुष्टि भएको श्रेष्ठको भनाइ छ ।

Read More

बझाङ – बझाङको बुंगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा तीन किशोर पक्राउ परेका छन् । बुंगल नगरपालिका वडा नम्बर १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ । तीनै जनाले बलात्कार गरेको कुरा कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ…

Read More

काठमाडौं – दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटना परेको छ । गुर्भाकोट नगरपालिका-९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजे समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो । साथै उक्त ट्रक चालक-सहचलाक ट्रक भित्र च्यापिएको र उद्धार भइरहेको प्रहरीको भनाइ छ ।

Read More

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजमा तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका हुन् । आफू सुदूरपश्चिमकै नागरिक भएकाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेज सञ्चालनका लागि आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताए । ‘मेडिकल विश्व विद्यालय बनाउने की प्रतिष्ठान बनाउने भन्ने विषयमा पछि निर्णय गरौंला,’ ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘तत्कालका लागि तीन सय बेडको अस्पताल…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुव्र्यवहार नभएको स्पष्टाेक्ती दिएका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । उनले भने– समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र…

Read More

काठमाडौं – यातायात व्यवस्था कार्यालयबाटै सवारी ट्रायल सेन्टरको अनुगमन गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती ललितपुरले एकान्तकुनामा हुने सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा कार्यालयबाटै सिसीटिभीमार्फत अनुगमन गर्ने व्यवस्था गरेको हो । कार्यालयका प्रमुख अच्युतराज रेग्मीले सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षालाई थप मर्यादित र पारदर्शी बनाउनका लागि कार्यालयबाटै ट्रायल सेन्टरको अनुगमनको व्यवस्था गरिएको जानकारी दिए । ‘यसअघि ट्रायल सेन्टरबाट मात्र अनुगमन गर्ने व्यवस्था थियो, अहिले कार्यालयबाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ, यसले सेवा प्रवाहमा सहज भएको छ’, उनले भने । उक्त कार्यालयले अहिले दैनिक एक हजार ५०० देखि दुई हजारसम्म सेवाग्राहीलाई सेवा प्रदान गर्दै…

Read More

बझाङ – बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगेका छन् । निर्वाचित भएलगत्तै अध्यक्ष बोहराले मतदातालाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षाभत्ता वितरण गर्नको लागि घरदैलो गर्न थालेका हुन् । आर्थिक वर्ष २०७८।०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि अध्यक्ष बोहरा लाभग्राहीको घरघरमा पुगेका छन्। विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले वडा कार्यालयमै पुग्नुपर्ने अवस्था रहेकाले ज्येष्ठ नागरिकसहित लाभग्राहीलाई समस्या रहेकाले आफैँ सेवाग्राहीको घरमा पुग्न थालेको अध्यक्ष बोहराले बताए। जम्मा पाँच वडा रहेको साइपाल गाउँपालिका भौगोलिक रूपमा अति विकट भएका कारण स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ। गाउँपालिकाभित्रका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ७० वर्षमाथिका वृद्धवृद्धालाई वडा कार्यालयसम्म…

Read More

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ । चिनीको मूल्यबारे धेरै गुनासो आएपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो । बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । केही दिन अघिसम्म ९५ रुपैयाँ किलो रहेको चिनीको बजार मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुर्‍याइएको छ । छलफलका क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताए । सरकारी स्वमित्वका निकायसँग चिनी कत्ति पनि नभएको र खरिदको कुनै प्रक्रिया पनि…

Read More

दार्चुला – बर्खा सुरु हुन थालेको छ । खाद्यसंकट हुने दार्चुलाका दुर्गम हिमाली क्षेत्रमा वर्षामा बाटोघाटो बन्द हुने समस्या छ । त्यसको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बेलैमा खाद्यान्न ढुवानी गरिसक्नुपर्नेछ । बर्खाका लागि पठाइने खाद्यान्न स्टोरेज (भण्डारण) गर्ने समस्या रहेको ब्यापार कम्पनीले जनाएको छ ।कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका सूचना अधिकारी जगतबहादुर कुँवरले बर्खाको बेलामा पहाडी जिल्लाका दुर्गम बस्तीमा खाद्यान्न संकट हुने बताए । ‘साउनदेखि असोजसम्म खाद्यसंकट हुने क्षेत्रमा खाद्यान्नको माग हुन्छ,’ उनले भने, ‘त्यसबेला बर्खाको कारण बाटोघाटो बन्द हुन्छन् । तत्काल ढुवानी गर्न सकिदैंन ।’ उनले बर्खा लाग्नुअघि ढुवानी गरेको खाद्यान्न भण्डारण गरेर राख्ने गोदामघर आफूहरूसंग नभएको बताए । दार्चुलाको खण्डेश्वरी डिपोमा कम्पनीका कर्मचारी र…

Read More

काठमाडाैं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा उनले कार्य विभाग र अपराध अनुसन्धान विभाग तथा मातहत निर्देशनालय, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्येक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका थिए । निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरीले आ–आफ्नो कार्यालयको काम एवं गतिविधिबारे…

Read More