Author: महेन्द्रनगर पोष्ट

चितवन – भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रेणु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छिन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाएकी हुन् । दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन् । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेका छन् । छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र…

Read More

बुटवल – बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले मेयरमा लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ ।

Read More

झापा – प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो । जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए। पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए । यसपछि…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको घरमा पुत्री लाभ भएको छ । मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला घरमा पुत्री लाभ भएकोमा उनका समर्थक एवं शुभचिन्तकहरुले शुभ संकेत भन्दै बधाई दिइरहेका छन् । बालेन पछिल्लो अपटेडअनुसार काठमाडौं महानगर प्रमुखमा प्रतिस्पर्धी केशव स्थापित र सिर्जना सिंहभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । उनले प्रत्येक अपडेटमा मतान्तर बढाउँदै गरेका छन्

Read More

कैलाली – कैलालीमा प्रहरीले हतियार देखाएर चालकमाथी आक्रमण गरी गएराति ब्यवस्थीतनगर बाट पल्सर मोटरसाइकल लुट्ने एक जनालाई मोटरसाईकल सहित पक्राउ गरेको छ । पिडित पक्षले ईलाका प्रहरी कार्यालय लम्कीमा दिएको उजुरीका आधारमा अनुसंधानको क्रममा आज बिहान करीब १० बजेतिर लम्कीचुहा वडा नम्बर १ र तिनको सिमाना सेर्पासेन्टर कुन्टीखेत बाट सोहि ठाँउका लुटेर लगेको सु.प.प्र ०१–००१०–प ३२४१ नम्बरको मोटरसाइकल सहित सुनिल वि.क लाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । घटनामा संलग्न अरुको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ । स्थायी घर टीकापुर भई हाल लम्कीचुहा ३ ब्यवस्थीतनगर शान्ती टोलमा डेरागरी बस्दै आएका रानीजमरा कुलरीया सिचाई आयोजना टीकापुरमा…

Read More

काठमाडौं – आज बिहीबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९६ हजार ३०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८ सय रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले ६७ स्थानमा फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार बिहानसम्म २४५ स्थानीय तहमा जित हासिल गरेको छ । जसमा मेयर ८३ र अध्यक्ष पद १६२ समावेश छ । यसैगरी, अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १५७ स्थानीय तह जितेको छ भने ४४ स्थानमा अग्रता बनाएको छ । यस्तै, १०२ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १६ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम…

Read More

काठमाडौं – हेटौँडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीको मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । मेयर पदमा ५१,१११ गणना सकिँदा लामाले १५,८२६ मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेल भने १४,९७६ मत पाएर दोस्रो स्थानमा छन् । राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १४,४१७ मत पाएका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले २३,००२ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १६,७३५ मत पाएकी छन् । वडातर्फ भने मिश्रित परिणाम आएको छ । हालसम्म हेटौडाका ११ वडाको नतिजा आएको छ भने ७ वडाको जारी छ । यस्तै वडा नम्बर १० को भने गणना हुँन बाँकी छ ।हेटौंडा उपमहानगरपालिकामा…

Read More

काठमाडौं – संविधानअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल आज जेठ ५ गतेदेखि सकिएको छ । यही प्रावधानअनुसार निर्वाचन आयोगले यथासम्भव छिटो नयाँ निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जेठ ४ गते जारी विज्ञप्तिमा भनिएको छ– जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गरी यथासम्भव निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन जारी गरिएको छ ।

Read More