Author: महेन्द्रनगर पोष्ट

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए । दुबै उम्मेदवारले आधा–आधा कार्यकाल गर्नुपर्ने बताउँदै आएका छन् । तर कानुनमा त्यस्तो व्यवस्था नभएकाले गोलाप्रथाबाट टुंगो लगाइने निर्वाचन अधिकृत भट्टले बताए ।

Read More

दार्चुला  – दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्वानिमा आज बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नवीन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार अर्का एक जना…

Read More

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ । यस्तै, उनले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्ने, १२ः ३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित…

Read More

रुपन्देही – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान…

Read More

काठमाडौं – बडीमालिका नगरपालिका ४ रिलामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथले २०१ विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार अमरबहादुर बडुवाललाई ३६ मतले पराजित गर्नुभएको हो । उहाँले १६५ मत प्राप्त गर्नुभएको थियो । वडासदस्यमा भने एमालेका चार जनाले विजयी भएका निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताउनुभयो ।

Read More

बाजुरा- बाजुरामा गौमुल गाउँपालिकामा एमाले विजयी भएको छ । यससंगै बाजुरमा एमालेले खाता खोलेको छ । यसअघि स्वामीकार्तिकमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । गौमलमा हरिबहादुर रोकाया अध्यक्ष र सीता थापा रोकाया उपाध्यक्षमा फेरि विजयी भएका हुन् । उनीहरु ०७४ सालको चुनावमा पनि एमालेबाटै विजयी भएका थिए । एमालेले गौमुल गाउँपालिकाका छवटै वडा पनि जितेको छ । बाजुराका नौ पालिकामध्ये पाँचवटा पालिकामा मतगणना जारी छ । बुढीगंगा नगरपालिकामा विवादले गणना हुन बाँकी छ भने बुढीनन्दा नगरपािलकाको एक वडामा चुनाव नै स्थगित छ ।

Read More

काठमाडौं – धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । हवाइ फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको छ । सेनाले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेको छ । झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले बताए ।मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

Read More

ललितपुर – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन् । महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ । वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार…

Read More

अछाम- अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस अध्यक्ष र उपाध्यक्षले जितेका छन् । अध्यक्षमा प्रकाशबहादुर साउद तीन हजार १८१ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले दुई हजार ५५५ मत पाए । तेस्रो स्थानको एकीकृत समाजवादीका शेरबहादुर बुढाले एक हजार ५९० मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै नेत्रकलादेवी शाही तीन हजार १०० मत पाएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी मायादेवी बुढाले दुई हजार ५७३ मत पाइन् । एकीकृत समाजवादीकी देभकला चलाउने ९खत्री० ले एक हजार ५७८ मत पाइन् ।

Read More

काठमाडौं – देशभर स्थानीय तहको निर्वाचनको मतगणना जारी छ।  ८३ स्थानीय तहको प्रमुख पदको मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहान आठ बजेसम्म प्राप्त पछिल्लो नतिजाअनुसार कांग्रेस ३२ वटा स्थानीय तहमा विजयी भएको छ भने एमालेले २९ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म २५९ स्थानीय तहमा कांग्रेस अगाडि छ भने १७० स्थानमा एमालेको अग्रता छ। नेकपा (माओवादी केन्द्र)ले २० स्थानमा प्रमुख पदमा विजय प्राप्त गर्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले २ स्थानमा प्रमुख जितेको छ। माओवादीले १ सय ६ स्थानीय तहमा अग्रता लिएको छ भने एकीकृत समाजवादीले १८ ठाउँमा अग्रता लिएको छ। त्यस्तै, अन्य पार्टीले…

Read More