Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति चिन्ता प्रकट गर्दै ब्यङ्ग्य गरेका छन् । उनले ‘राजनीति’को अर्थ शब्दकोशमा ‘घुस र पक्षपात’ लेख्नुपर्ने बताए । निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नदिने अवस्थालाई पनि ‘प्रजातन्त्र’ भनिन्छ भन्दै परिभाषा गर्नुपर्ने बताए । सुवाल आबद्ध पार्टीका उम्मेदवारहरूले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा निर्वाचन चिह्न ‘मादल’ पाएका थिएनन् । मादल नपाएपछि अदालतमै त्यससम्बन्धी मुद्दा परेको थियो । तर, निर्वाचन चिह्न मादल नेमकिपाको उम्मेदवारहरूले पाएनन् । सोही सवालमा बोल्दै सांसद सुवालले प्रजातन्त्र र राजनीति दुई शब्दको अर्थ र परिभाषा नै शब्दकोशमा परिवर्तन गर्नुपर्ने व्यङ्ग्यात्मक ढङ्‍गले सवाल उठाएका हुन्…

Read More

जनकपुरधाम – जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् । विगतको समिक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादवले विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताए । प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ नि भन्ने प्रश्नमा उनले यसमा सत्यता नभएको बताएका छन् । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उनले बताए ।

Read More

काठमाडौं – एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन् । बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली हान्ने आदेश कसले दियो भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको गोलीकाण्डबारे सरकारको विरोध गरेका हुन् । एमाले सांसद घनश्याम खतिवडाले गृहमन्त्री बालकृष्ण खाँणको जवाफप्रति आपत्ति जनाउँदै बर्दियामा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन् । एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए । सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले सरकारले मतदान नरोकेको, सुरक्षाकर्मीले मतगणना प्रभावित नपारेको भन्दै निर्वाचनको परिणाममा आशंका नगर्न आश्वस्त पारेका छन् । उनले स्थानीय तहका नयाँ जनप्रतिनिधिलाई सफलताको शुभकामना दिँदै सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर रहेको भन्दै केही छिटपुटका घटना भएका भए त्यसमा छलफल गर्ने र दोषीलाई…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन् । सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए । सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए । संसद्‍मा सोमबार विद्येयक प्रस्तुत भएको छ । उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए । बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै…

Read More

काठमाडौँ — गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् । बर्दियाको मधुवन…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेका थिए । सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका छन् । अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।

Read More

काठमाडौं – सांसद विमला विकले बर्दियामा प्रहरीको गोलीबाट मारिएकी नवीना थारुको घटनाबारे छानबिन गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सर्वसाधारण जनता वन्यजन्तुसँगै अब सरकारबाट समेत डराउनु पर्ने अवस्था आएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् । उनले प्रहरीले चलाउनु नपर्ने अवस्थामा पनि गोली चलाएर नवीना थारुको हत्या गरिएको भन्दै उनले यो घटनाबारे छानबिन गर्न माग गरेकी छन् ।

Read More

महेन्द्रनगर – बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजारमा आन्दोलित स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग गर्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका ओराली बजारका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। सोमबार बिहान आक्रमण गर्न खोजेको बाघलाई होहल्ला गरेर बचेका स्थानीयमध्ये एक जना प्रहरीको गोली लागेर मृत्यु भएको हो । बाघको आक्रमणबाट घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो। स्थानीयले बाटो अवरुद्ध गर्दै प्रहरीमाथि नै ढुंगामुढा गरे पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको…

Read More

बैतडी – जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी भएका छन् । कुँवरले १० मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी)ले आठ मत प्राप्त गरे । उपप्रमुखका दुई मत बदर भएको थियो । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला…

Read More