Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको र आम जनताबाट चुनिएका जनप्रतिनिधिहरुबाट मुलुकको शासन प्रणाली सञ्चालित भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “जन चाहनानुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबुत भएको छ ।” प्रधानमन्त्री देउवाले मुलुकले २००७ सालको…

Read More

काठमाडौं – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको कह्ह । विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको आशंका छ । मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । ३ चालकदलका सदस्य र १९ जना यात्रु विमानमा रहेको जनाइएको छ । विमानमा सवार सबैको पहिचान खुलेको छ । चालक दलसहित सबै यात्रुको विवरण :चालक दलको सदस्यहरु :-१. क्याप्टेन प्रभाकर घिमिरे२. उत्सव पोखरेल३. एयर होस्टेज क्रिष्टी थप यात्रुहरु :-१. बान्देकर वैसवी२.इन्द्रबहादुर गोले३.पुरुषोत्तम गोले४.राजनकुमार गोले५.मेइक ग्रीटग्राफ६.बसन्त…

Read More

काठमाडौं – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको छ । बिहान ९:५५ मिनेटमा पोखराबाट जोमसोम उडेको 9N AET  विमान मुस्ताङको लेते भिरमा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको जानकारी दिएपनि हालसम्म मौसम खराबीका कारण विमानको घट्नास्थल पत्ता लाग्न सकेको छैन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि पोखरा, जोमसोम लगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। त्यहाँ मौसम बदलिने क्रम जारी रहेको छ। ‘बिहान पनि केही वर्षा भएको थियो। अहिले पनि वर्षाको सम्भावना…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन्। राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरिएको उल्लेख छ। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए। मन्त्रिपरिषद्को…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले जनताको अभूतपूर्व साथ र एकताले संविधान भत्काउने कदमलाई परास्त गर्न सफलता मिलेको बताएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै उनले संविधानलाई नै भत्काउनेहरुलाई सबैको एकताले परास्त पारेको बताएका हुन् । उनले ऐतिहासिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा बलिदानी दिने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे । गणतन्त्र स्थापनाका १४ वर्षलाई फर्केर हेर्दा राजनीतिक तहमा ठूला–ठूला परिवर्तनहरु भएको भन्दै उनले भने, ‘संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितका समानुपातिक समावेशी शासन व्यवस्थालाई संस्थागत गरेको संविधान निर्माण भएको छ । अहिले…

Read More

काठमाडौं – तारा एयरको विमान सम्पर्कविहिन भएको छ । बिहान ९:५५ मिनेटमा पोखराबाट जोमसोम उडेको सो विमान करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ।  १९ यात्रु रहेको 9N AET विमान रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ।

Read More

कञ्चनपुर – लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५ दशमलव ९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारै जनालाई पक्राउ गरेको हो । उहाँका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन् । से५प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर…

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरू सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डङ्गोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Read More

टोकियो – दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो । सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो । विदेशी वासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको थियो र सरकारले १ जुनदेखि दैनिक विदेशी आगमनको सीमा २०,००० पुर्याएको छ । मार्चको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि टुर समूहहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ । तर, एक सय देश र…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन सूचित गरेको छ । एक सूचना जारी गर्दै निर्वाचन कार्यालयले उम्मेदवार तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन सूचित गरेको हो । निर्वाचन कार्यालयले सम्पूर्ण पालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। साथै तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।

Read More