Author: महेन्द्रनगर पोष्ट

बुटवल – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी)ले सबैभन्दा बढी फाइदा बुटवलका बासिन्दालाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत् प्रसारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरू दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताए ।

Read More

काठमाडौं – शनिबार कीर्तिपुरस्थित त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेविरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जित हात पारेको छ । जिम्बाबेलाई ९ विकेटले पराजित गरेको हो । नेपालका लागि ओपनरद्वय आशिफ शेख र सुनिल धमलाले उत्कृष्ट खेल खेल्दै नेपाललाई जित दिलाएका हुन् । शेख ३४ रनमा अविजित रहे भने धमला ३८ रन बनाउँदै आउट भए । धमला आउट भएपछि मैदानमा आएका विनोद भण्डारीले ४ रन बनाए । ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा हात पारेको हो । जिम्बाबेका लागि ब्राडनले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाबेले ३१.५ ओभरमा ८७ रन बनाउँदा सबै विकेट बनायो ।…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् । शनिबार धनुषामा आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताए । अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गरे । धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको पनि उनले आरोप लगाए ।

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको भन्दै यसविरुदुध प्रश्न गरेका छन् । आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए । शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले भने, ‘‘प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु भन्दैमा आकाश खस्छ ? कुनै व्यक्तिले चुनाव लड्छ जित्ला, कसैले हार्छ । यो त लाखौं मान्छेले सहभागिता जनाउने कार्यक्रम हो । प्रधानमन्त्री भएका व्यक्तिले यस्तो टिप्पणी गर्दा मलाई आत्मग्लानी भयो । ‘ उनले गठबन्धनसँग आफ्नो सम्बन्ध नभएको भन्दै उनले भने, ‘मेयर उठ्दा देशै बर्बाद…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक अघि बढाउने बताएका छन् । धनुषाको धल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका कारण नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको समेत आरोप लगाए । अब संसद् सुरु भए लगत्तै अवरोध जारी नै रहे पनि नागरिकतासम्बन्धी सम्पूर्ण समस्या समाधान गरिने प्रचण्डलेआश्वासन दिए । आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि प्रयास गर्दा समेत एमालेले गर्न नदिएको उनको आरोप छ । ‘अहिलेको लडाइँ परिवर्तनविरोधी र परिवर्तनकारी शक्तिबीचको लडाइँ हो।’, उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघठन गरेपछि आफूहरु गठबन्धन गर्न बाध्य भएको प्रचण्डले बताए । त्यसअघि उनले मिथिला विहारी नगरपालिकाको…

Read More

जनकपुर – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेता आज धनुषाको जनकपुरधाम आउँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनद्वारा आज जनकपुरधाममा आयोजना हुन लागेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेता यहाँ आउन लाग्नुभएको छ । जनकपुरधामस्थित तिरहुतियामा दिउँसो २ बजे आयोजना हुने चुनावीसभालाई कांग्रेस सभापति प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ – सत्तारुढ दलहरूको चुनावी गठबन्धनले आज मधेस प्रदेशको जनकपुरमा आयोजना गर्ने आम सभा काँग्रेस नेता विमलेन्द्र निधिले बहिष्कार गर्ने भएका छन् । गठबन्धनको सभामा केन्द्रीय वक्ताको रूपमा आफ्नो नाम नराखिएको भन्दै नेता निधिले आफू सहभागी नहुने बताएका हुन् । धनुषा निधिको आफ्नै गृहजिल्ला हो । जनकपुरमा हुने कार्यक्रम छोडेर नेता निधि धरानको चुनावी सभामा सहभागी हुन लागेका छन् । पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ ।

Read More

काठमाडौं- आचरण विपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरू मध्येमा मादक पदार्थ सेवन गर्ने, अरूलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टीकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए । कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए । केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्छ । तर, ४६ जनाबाट भने गैर व्यावसायिक आचरण प्रदर्शन भएको र उनीहरूलाई…

Read More

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाबाट गठबन्धनबाट उपमेयर पदका लागि उम्मेदवारी दिएकी शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ । माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले चुनावका लागि प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । साथै वीरेन्द्रनगरस्थित जुम्ला रोडमा राखिएको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी गरिएको जनाइएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

Read More

काठमाडौं – वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने रोल्पाका ३४५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो । जिल्लाका ८१ मतदानस्थल गरी १७३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो । निर्वाचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले कसरी काम गर्ने वातावरण मिलाउने भन्ने विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले बताउनुभयो । नमूना मतदान अभ्यास पेटिकाअनुसार मतदान…

Read More