धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी, बझाङको अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले दिलबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ। पार्टीभित्रको आन्तरिक विवादका कारण नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सहमति नजुटेपछि २०७८ सालदेखि एमालेको अधिवेशनको मिति तोक्ने र अधिवेशन स्थगित गर्ने लामो शृंखला नै चलेको थियो। २०८० माघ र फागुनमा मात्रै दुई पटक मिति तोकेर अधिवेशन स्थगित गरिएको थियो । यसअघि २०७८ र २०७९ सालमा पनि अघिवेशनको मिति तोकेर बीचमै स्थगित भएको थियो। यसपटक मंसिर २४ गतेबाट सुरु भएको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि नेताहरूले निर्वाचनको प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने सहमति गरेका थिए। मंसिर २८ गते विभिन्न…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार हुने दोस्रो खेलमा पोखराले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुदूरपश्चिम पहिले ब्याटिङमा आएको हो। पोखराको यो अन्तिम खेल हो। यसअघि नै पोखरा प्लेअफमा नपुग्ने निश्चिन भइसकेको छ। तर सदूरपश्चिम भने अझै पनि प्लेअफबाट बाहिरिने गणितइि सम्भावना बाँकी नै छ। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ। दुवै खेल फराकिलो अन्तरमा पराजित भए बाहिरिने छ। तर आजको खेल जितेमा सुदूरपश्चिम सिधै क्वालिफायरमा पुग्ने छ। अन्तिम खेलमा सोमबार कर्णाली र सुदूरपश्चिम भिड्दैछन्। उक्त खेलमा सुदूरपश्चिमसँग फराकिलो अन्तरमा पराजित भएमा प्लेअफबाट कर्णाली बाहिरिने सम्भावना पनि बाँकी नै…
डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो। पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही एक हजार प्रदान गरिएको हो। त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ। भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ। गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो।
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ। विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभर १ बलमा ९ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको हो। प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले खेल जित्यो। लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ। अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ। काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ।
कैलाली: नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्। मीन बमलाई २४५ मतान्तरले पराजित गर्दै अध्यक्षमा शाह निर्वाचित भएका हुन्। उपाध्यक्षसहितका अन्य पदमा पनि शाहकै प्यानलका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा डडेल्धुराका राम धामीलाई पराजित गर्दै डडेल्धुराकै मानबहादुर साउद निर्वाचित हुँदा महिला उपाध्यक्षमा कैलालीकी कालीमैंया चौधरीलाई पराजित गर्दै कञ्चनपुरकी हेमन्ती डगौरा चौधरी निर्वाचित भए। धामीले २८० मत पाउँदा साउदले ३३३ मत पाएका थिए। महिला उपाध्यक्षमा कालीमैंयाले २६१ मत पाउँदा हेमन्तीले ३३६ मत पाइन्। महासचिवमा कैलालीका हरि जोशीलाई पराजित गर्दै कैलालीकै शिवराज भट्ट निर्वाचित भए। जोशीले २६८ मत पाउँदा भट्टले ३४८ मत ल्याए। सचिवमा अछामका धनराज साउदले डडेल्धुराका…
काठमाडौं: पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको आरोप लागेको छ। अछाममा गडबड भएको भन्दै केही उम्मेदवारहरुले पुनः मतगणनाको माग राखेका छन्। पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन्दै सो माग राखिएको हो। प्रेस युनियनका बागी उम्मेदवार प्रदेश समितिको अध्यक्ष, खुला उपाध्यक्ष, समावेशी उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्ष र केन्द्रीय समिति सदस्यका उम्मेदवारहरुले संयुक्त वक्तव्य जारी गरेर पुनः मतगणनाको माग गरेका हुन्। मतगणना स्थलमा आफ्ना प्रतिनिधिहरुलाई सहभागी नगराएको र मतगणनामा धाँधली भएको भन्दै फेरि सुरुबाटै मतनगणना गरिनुपर्ने भनेका छन्। यद्यपि निर्वाचन समितिले भने धाँधली नभएको दाबी गरेको छ। सो विषयमा छलफल भैरहेको जनाइएको छ।
धनगढी: कञ्चनपुरमा लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारको सब्जी मन्डी जाने रोडमा युपी ०६ बिडी ८८०२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्दा भारत उत्तराखण्ड जिल्ला उधमसिंहनगर खटिमा बस्ने २७ वर्षीय सलमान शाह र २४ वर्षीय प्रभजोत सिंह खिंडा पक्राउ परेका हुन्। ११ दश्मलव ८३ ग्राम खैरो हेरोइनसहित उनीहरुले प्रयोग गरेको मोटरसाइकल र दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो कञ्चनपुर शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूले मोटरसाइकलको ब्याट्रीमा लुकाएर हेरोइन ल्याएका थिए।
काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले शनिबार सूचना प्रकाशित गरी प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत एसएसपी अधिकारीलाई प्रवक्ता तोकिएको जनाएको छ। प्रवक्ता अधिकारीलाई मोबाइल नम्बर ९८५१२९२१११, इमेल [email protected] मा सम्पर्क गर्न सकिन्छ।
बाजुराः बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ। जिल्लाको बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडाका हर्क सनइको छोरी ८ वर्षीया बालिका विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। बालिकाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नन्देको साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ। जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत भएको ती मन्त्रीले जानकारी दिए।