धनगढी: नेकपा माओवादी केन्द्र पार्टीको धनगढी उप-महानगरपालिकाको अध्यक्षमा बलबहादुर ऐर निर्वाचित भएका छन्। माओवादीबाट धनगढी उपमहानगरपालिका ३ का पूर्व वडाध्यक्ष समेत रहेका ऐर अधिवेशनमार्फत निर्वाचित भएका हुन्। ऐर उनै व्यक्ति हुन्, जो तत्कालीन समयमा स्थानीय निर्वाचनको बेला पनि चर्चामा आएका थिए। यद्यपि उनले चुनाव भने लडेनन्। तर उनीपछि गत निर्वाचनमा धनगढी उपमहानगरपालिका ३ को वडाध्यक्षमा उनकै दाई राजबहादुर ऐर नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। उनै राजबहादुरका भाई ऐर अहिले निकटतम प्रतिद्वन्द्वी (कैलाली खेलकुद विकास समितिको अध्यक्षसमेत रहेका) ललित खत्रीलाई पराजित गर्दै माओवादीको धनगढी उपमहानगर अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा रमेश भट्टराई, राम बहादुर चौधरी, तथा धनबहादुर चौधरी निर्वाचित भएका…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङले सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दान दिएको विवादित विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय अब्दुलअजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण सुनुवाइपछि आज रिट खारेजीको आदेश सुनाएको हो। अधिवक्ता ज्ञानकुमार बस्नेतले कात्तिक ७ गते दर्ता गरेको मुद्दामा १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो। न्यायाधीश सुनिलकुमार पोखरेलले जग्गा लेनदेन प्रथम दृष्टिमै कानुनविपरित देखिएको भन्दै प्रक्रिया रोक्न भनेका थिए। त्यसयता पटक-पटक पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आएको मुद्दा आजलाई हेर्दाहेर्दैमा राखिएको थियो। तर, रिट खारेज भएसँगै अब एमालेलाई उक्त जग्गामा पार्टी कार्यालय भवन बनाउन बाटो खुला भएको…
काठमाडौं: नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ। संसदमा पेश गर्न लागिएको प्रहरी विद्येयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापनाबारे उल्लेख गरिएको छ। नेपाल सरकार वादी हुने मुद्दासँग सम्बन्धित फौजदारी अपराध र सो सम्बन्धमा भएका फैसलाको अभिलेख राख्न केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न लागिएको बताइएको छ। अपराध अनुसन्धान र अभियोजन गर्ने संघ र प्रदेश तहका सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि एकप्रति अभिलेखालयमा पठाउनु पर्ने हुन्छ। अभिलेखालयले अपराधको प्रकृति र प्रवृत्ति सम्बन्धमा आवश्यकता अनुसार विज्ञ समेत संलग्न गराई अध्ययन अनुसन्धान गर्न सक्नेसम्म विद्येयकमा उल्लेख गरिएको छ। यसको आधारमा गृह मन्त्रालयलाई वार्षिक रुपमा नीतिगत पृष्ठपोषण दिनु पर्नेछ।…
धनगढी: धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरिएको जानकारी दिए। मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भनिएको थियो। दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले जानकारी दिए। यस्तै जारी सुदूरपश्चिम महोत्सवबाटै २ जना किशोर सम्पर्कविहिन भएका छन्। धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका १६ वर्षीय प्रविन धामी र १६ वर्षकै सुरज धामी महोत्सवबाटै सम्पर्कविहिन भएका छन्। हिजो (आइतबार) घरबाट साइकलमा महोत्सव हेर्न पुगेका दुबै जना अहिलेसम्म सम्पर्कमा नआएको आफन्त किशोर धामीले बताए। प्रविन ९…
श्याम बहादुर खड्का, अस्तितिर सबैको ध्यान बारा जिल्लाको गढिमाईको थानमा लागि रहेको मेलातिर थियो। स्वाभाविक रुपमा यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। लामो अवधिमा लाग्ने मेला र सुगम ठाउँमा लाग्ने मेलाका कारण मानिसको आवतजावत पनि उल्लेख्य मात्रामा भइरहेको हुनसक्छ। तर, मैले यहाँ चर्चा गर्न लागेको बझाङको वित्थडचिर गाउँ पालिकाको मडगाउँमा पर्ने देवीको मेलाको हो। यो स्थान साविकको देउलेख गा.वि.स अन्तर्गत पर्दछ र बझाङ जिल्लाको सदरमुकाम चैनपुर देखि करिब ६४ किलोमिटर पश्चिमतिर रहेको छ। जयपृथ्वी राजमार्गको देउलेख—सुनकुडा खण्डको उत्तरतिर देउलेख बजार नजिक होचो उपत्यकामा रहेको मड भन्ने ठाउँमा चिरासैनी भगवती पनि भनिने मडकी देवीको मन्दिर अवस्थित छ। यी देवीको नामबाट…
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका नयाँ डीआईजी गणेश चन्दले पदभार ग्रहण गर्दै मातहतलाई निर्देशन दिएका छन्। चन्दले आज (सोमबार) हाजिर भएपछि कमाण्ड सम्हाल्ने क्रममा निर्देशन दिएका हुन्। गत महिनाको २७ गते सरुवा भएका चन्दले मातहत कर्मचारी, जिल्ला प्रहरी कार्यालय एवं अन्य युनिटहरुलाई आवश्यक निर्देशन दिएका छन्। स्रोतका अनुसार पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा चन्दले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए। यस्तै उक्त कार्यक्रममा उनले मातहत समेतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडितमैत्री सहज र द्रुत प्रहरी सेवा, शुसाशन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र…
काठमाडौं: धादिङ घर भएर काठमाडौं बस्ने विवादित जानुका उर्फ शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको जानकारी दिए। यस अगाडि उनले नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका नेता महेश बस्नेतसँग नाम जोडेर तथानाम गर्दै आएकी थिइन्। उनले बलात्कार मुद्दा समेत दायर गरेकोमा अदालतले बस्नेतलाई क्लिनचिट दिएको थियो। अहिले फेरि शोभाले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन्। यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको…
धनगढी: अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दको प्रकरणमा छानबिन प्रतिवेदन बुझाइएको छ। तत्कालीन सुदूरपश्चिमका डीआईजी रविन्द्र केसीद्वारा गठित छानबिन समितिले रिपोर्ट बुझाएको हो। सो रिपोर्टमा असईको गल्ती ठहर गर्दै उनलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको डोटी प्रहरीका प्रहरी उपरीक्षक(एसपी) बिनोद शर्माको नेतृत्वमा समिति बनाएको थियो। त्यसपछि समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो। प्रदेश प्रहरी कार्यालय स्रोतकाअनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको…
काठमाडौं: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसी सरुवा भएपछि राजधानीतर्फ लागेका छन्। उनी कार्यालयमा हिजो गरिएको एक बिदाइ कार्यक्रमपछि राजधानी लागेका हुन्। उनको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय नक्साल, काठमाडौंमा सरुवा भएको थियो। त्यसपछि उनी आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीबाट त्यतातर्फ लागेका हुन्। उनलाई निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले मायाको चिनो दिएर बिदाइ गरेका थिए। यस्तै उनको स्थानमा आएका डीआईजी गणेश चन्दले आजबाट कमाण्ड सम्हालेका छन्। आजै काठमाडौंबाट धनगढी आएका उनले पदभार ग्रहण गर्दै कमाण्ड सम्हालेका हुन्। चन्द सुदूरपश्चिमका स्थानीय बासिन्दासमेत हुन्।हालै डीआईजीमा बढुवा भएका…
काठमाडौं: कर्णाली याक्स नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गर्ने चौथो टिम बनेको छ। अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजयको संघारमा पुगे पनि रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो। कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरियो। सुदुरपश्चिमले १२.२ ओभरमा खेल जितेको भए कर्णाली बाहिरिने थियो र काठमाडौंको ढोका उघ्रिने थियो। तर, सुदुरपश्चिमले लक्ष्य पछ्याउने क्रममा १२.२ ओभर कटेलगत्तै कर्णालीको प्लेअफ स्थान सुरक्षित भएको हो।