सुर्खेत – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुरेको छ। जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एक्स्काभेटर पहिराले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । मेसिनमा च्यापिएर रहेको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने जानकारी दिए। ‘उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी २४ दिनसम्म के-के गर्न पाइने हो भन्ने पनि आयोगले नै भन्नेछ,’ थपलियाले भने,‘यो अवधिमा प्रचार-प्रसार गर्न भने पाइने छैन। अहिलेको कानुनमा टेकेर हामी निर्देशिका जारी गर्छौं।’ आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो। आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९…
एजेन्सी – फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ । यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ । गत जनवरी १५ मा ३९ हजार चार जनामा कोभिडको सङ्क्रमण देखिएको थियो । एकै दिनमा भएको…
काठमाडौं – सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९-८० को नयाँ तलबमान र ग्रेड सरकारले स्वीकृत गरेको हो । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने ।’ मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८-७९ का लागि मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाहरूका लागि राजपत्राङ्कित…
काठमाडौं – संघीय संसद प्रतिनिधिसभाको दैनिक कार्यसूचिमा आज अर्थसमितिले तयार पारेको प्रतिवेदन सहितको ‘बीमा विधेयक २०७५’ माथि छलफलका लागि पेश भएको छ।अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने भएका हुन्। त्यस्तै शर्माले बीमा विधेयक, २०७९ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थसमितिले गत असार २ गते बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफल टुङ्गाएर विवादित विषयमा सहमति जुटाएको थियो । सहमति जुटे सँगै अर्थसमितिले संसदमा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो । अव उक्त प्रतिवेदन उपर छलफल गरी केहि दिन भित्रै संसदले विगत लामो समयदेखि अड्किएर…
काठमाडौं – सांसद योगेश कुमार भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै आपत्ती जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले राजधानीको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै काठमाडौंका मेयर बालेन शाहलाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन आग्रह गरेका छन् । ‘काठमाडौंको फोहोर उठ्न नसकेको आज ७१ दिन भयो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पहल गर्नु भएको छैन,’उनले भने,’ त्यसैले म काठमाडौंका मेयर बालेन शाहलाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन अनुरोध गर्दछु। तपाईँलाई एमालेले पूर्ण क्षमताका साथ सहयोग गर्छ। तपाईं हडबडाउनु भयो भने तपाईं असफल हुने निश्चित छ।’ सांस्कृतिक सहर काठमाडौं बचाउन सबै जुट्न आग्रह गरे।
काठमाडौं – अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको शेयर साउन ३० गते बाँडफाँट हुने भएको छ ।शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिलटले आफ्नो कार्यलय नक्सालमा शेयर बाँडफाँड गर्ने भएको हो । सिडिएसका अनुसार कम्पनीको आईपीओमा २० लाख ४३ हजार २० जना लगानीकर्ताहरूले २ अर्ब ३१ करोड १६ लाख १९ हजार रूपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार एक सय ९० कित्ताका लागि आवेदन दिएका छन् । यो लघुवित्तले निश्काशन गरेको कुल ९ लाख ७५ हजार कित्ता शेयरको २३.७० गुणा बढी हुन आउँछ । माग भन्दा बढी आवेदन परेको हुदा आईपीओ गोलाप्रथा द्वारा बाँडफाँट गरिने छ। संस्थाले प्रतिकित्ता…
काठमाडौं – इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट…
चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भने । उनले भने, ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।’ अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए । उनले भने, ‘कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ…
काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो । लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुग्नुभएका उहाँलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिनुभएको थियो । तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल,…