Author: महेन्द्रनगर पोष्ट

काठमाण्डौं – रसियाले नेपालको खेलकुद क्षेत्रका विविध पक्षमा सहयोग गर्ने भएको छ । रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँगको भेटमा रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणकालागि रसिया पुगेका मन्त्री अथकले दुईदेशीय हितको विषयमा छलफल भएको बताएका छन् । मन्त्री अथकसँगको भेटमा रसियाली खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबैदेशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया ईच्छुक रहेको बताएका छन् । भेटमा मन्त्री अथकले नेपाल र रसिया बिचको ६६…

Read More

चितवन – बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पुर्‍याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटक पटक यौन हिंसा गरेका कारण रक्तस्राव…

Read More

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ । उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।

Read More

मुग्लिन – वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमा उठेका विषयबारे जवाफ दिँदै मन्त्री आलेले यस्तो बताएका हुन् । त्रिभुवन विमानस्थलले आगामी दिनमो यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको उनको भनाइ थियो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे । नेपाल नागरिक उड्डयन…

Read More

काठमाडौं – सहरी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट र योजनामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री रामकुमारी झाँक्रीले एमाले सांसदहरूलाई चुनौती दिएकी छन् । एमाले सांसदहरू गंगा सत्गौवा चौधरी र विमला विश्वकर्माले मन्त्रीले करोडौं रकम असुल गरेर आयोजना प्रमुख परिवर्तन गर्नेदेखि योजनाका ठेकेदार तोक्ने आरोप लगाएपछि मन्त्री झाँक्रीले प्रमाण ल्याएर आउन चुनौती दिएकी हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्रीलाई प्रष्टीकरण सोध्ने क्रममा एमाले सांसद चौधरीले ईआरएमसी वा उक्त कम्पनीसँग जोडिएका फर्मले मात्रै सहरी विकास मन्त्रालयका योजना किन पाउँछ ? भनेर प्रश्न गरेकी थिइन् । मन्त्रीले रकम लिएर कालोसूचीमा परेको कम्पनीलाई योजना दिएको उनको आरोप थियो ।…

Read More

प्युठान – प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् । स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो । चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

Read More

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठ्ने गरी सरकारले कुनै पनि सम्झौता नगर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफूबिच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित विपरीत कुनै पनि सम्झौता नगर्ने बताएका जानकारी दिए । प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले २०१५ मै अमेरिकाले प्रस्ताव गरेको कार्यक्रमबारे अहिले सुनियोजित विवाद झिकिएको बताएका थिए । प्रधानमन्त्री देउवाले अमेरिकाले एसपीपी सम्झौता गर्न कुनै दबाब नदिएको पनि प्रस्ट्याएका थिए । प्रचण्ड र नेपालले सम्झौताबारे प्रश्न उठेको र यथास्थितिमा सम्झौता नगर्नु उपयुक्त हुने सुझाव दिएका…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन् । आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन् । उनले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताइन् । ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज…

Read More

काठमाडौं – सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताबारे रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद वथापाले अमेरिका सँग गर्न लागिएको भनिएको एसपीपीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताएका हुन् । सदन र संसदीय समितिमा सांसदहरुले प्रश्न उठाइरहेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘केही दिनदेखि संसदको समितिमा, संसदको बैठकमा माननीयज्यूहरुले एसपीसी सम्झौताबारेमा गम्भीर विषय उठाइरहनु भएको छ । यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले सम्हाल्नु भएको छ,’ थापाले भने, ‘संसदमा यतिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका…

Read More