Author: महेन्द्रनगर पोष्ट

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पूर्ण बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने भएको छ । योसँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, बिपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट बिनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरुको लागि पालिकाले प्रथामिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालिकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निशुल्क व्यवस्था मिलाउनेलगायतका ४ बुँदे प्रतिबद्धता गरिएको छ। युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागीता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता जाहेर भएको हो। बैठकमा रुपान्तरण अभियान संचालन भइरहेको…

Read More

कञ्चनपुर- कञ्चनपुरमा स्थानीयले आफ्नै खेत जोत्न खोज्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)ले अवरोध गरेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० स्थित सडकघाटमा नेपाली नागरिकले बुधबार आफ्नो खेत जोत्न खोज्दा भारतीय एसएसबीले अवरोध गरेको हो। लालपुर्जा समेत भएको खेत जोत्न गएका बेलौरी–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई एसएसबीले खेत जोत्नमा रोक लगाएको छ। उक्त जमिन भारतमा पर्छ भन्दै बताउँदै आफूलाई खेत जोत्न नदिइएको उनले बताए। तर, आफूले सो जमिनको कर तिर्दै र चलनभोग गर्दै आएको उनको भनाइ छ। यो क्षेत्रमा सीमा विवादको समस्या पुरानै हो। नेपाल सरकारले यो समस्या समाधानका लागि पहल नगरेको त्यहाँका स्थानीयको गुनासो छ।

Read More

काठमाडौं- नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Read More

काठमाडौं- उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ । तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार १० चैत २०७८ मा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिहनु पर्दैन भन्ने आदेश भएको छ ।

Read More

कैलाली- अखिल नेपाल किसान महासंघ कैलालीले तत्काल मल उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। बिहीवार मलखाद लगायतका समस्या समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। कृषकलाई तत्काल सहुलियत दरमा बिऊविजन तथा मलखादको व्यवस्था गरिनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, कैलालीमा मलखाद उत्पादन तथा फर्टिलाइजर कारखाना स्थापना गर्नुपर्ने लगायतका माग महासंघले राखेको छ।

Read More

कैलाली- कैलालीमा एक बेवारिसे शव फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–५ कालापातलमा अन्दाजी ७० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन्। उनको परिचय नखुलेको र त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

कैलाली- कैलालीको धनगढीस्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ । राजघाट जोड्ने पुलमुनि नुहाउन गएकी तेस्रो लिङ्गी महिलाको मृत्यु भएको हो । पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीया तेस्रो लिंगी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । मृतकको पहिचान भने खुल्न नसकेको उनले बताए । मृतकको पहिचानका लागि तेस्रो लिङ्गी व्यक्तिको संगठन ब्लु डाइमण्ड सोसाईडीसँग आग्रह गरिएको उनले बताए। यसअघि सोही स्थानमा यही जेठ १५ गते नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पनि डुबेर मृत्यु भएको थियो । पुल…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यही जेठ २२ गते प्रस्तुत हुने भएको छ। प्रदेश सभाको चालु अधिवेशनको पाँचौ बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्। बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी गराए ।

Read More

नेपालगन्ज- नेपालगन्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन्। सो झडपमा परेर ९ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन्। झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो। राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए। राखेको शालिक प्रहरीले हटाएपछि उक्त समूहले न्यूरोडमा रहेको शहीद सेतु विकको शालिकसमेत तोडफोड गरेको छ। धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन…

Read More

काठमाडौं – सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट स्वीकृत सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो । सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २० गते अपराह्न १ बजे बस्नेछ ।

Read More