Author: महेन्द्रनगर पोष्ट

अछाम- अछाममा नेकपा एमालेको तर्फबाट एक्ली वडा अध्यक्षकी उम्मेदवार स्वतन्त्र उम्मेदवारसँग पराजित भएकी छन् । जिल्लामा रहेका ९१ वडा मध्ये साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा एमाले उम्मेदवार दुधकला बिष्ट स्वतन्त्र उम्मेदवार मीन बोहरासँग गोला प्रथाबाट पराजित भएकी हुन् । दुबै उम्मेदवारको मत संख्या २२७÷२२७ बराबर भएपछि गोला प्रथाबाट टुंगो लागेको हो । एमाले उम्मेदवार हारेको वडा नेकपा एमालेका नेता डाक्टर भिम रावलको वडा हो ।

Read More

काठमाडौँ– नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परीक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त दाबी गरेका हुन् । ‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौ ।’ निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न भएको उनले बताए । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने दाबी पनि उनले गरे ।

Read More

काठमाडौँ – सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले आफूलाई उद्घाटन तथा स्वागत सम्मान जस्ता कार्यक्रममा नअल्झाउन नगरबासीलाई आग्रह गरेका छन् । आफूले प्राप्त गर्नुपर्ने सम्मान चुनावमा धगढीबासीले दिएको मतबाट पाइसकेको अब आफूलाई काम गर्ने वातारण सिर्जना गरिदिन आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै हमालले यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीबासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक कामबाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण…

Read More

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा एक मतदानस्थलमा नेकपा एमालेका नेताको सक्रियतामा व्यापक धाँधली भएको नेपाली कांग्रेसले आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो आरोप लगाएका हुन् । उनले बुढीगंगाका २, ३, ५ र ९ नम्बर वडामा एमालेले बुथ कब्जा गरेको आरोप लगाए । ‘पूरै बुथ कब्जा गरियो, सुरक्षा निकायसम्म बस्न नसक्ने अवस्था बनाइयो, त्यसको एमालेको केन्द्रीय तहकै नेता जुन त्यही नगरपालिका बासिन्दा पनि हुनुहुन्छ,’ उनले भने, ‘त्यहाँको निर्वाचन अधिकृतले धाँधली भएको कुरालाई सम्हाल्न नसकिने भएपछि छाडेर जानुभो । जबर्जस्ती फर्काएर लगियो । आफैले बोकेर मतपेटिका न सुरक्षा न अरु दलका प्रतिनिधि…

Read More

कञ्चनपुर- कञ्चनपुरको सीमानाका ४ दिन बन्द हुने भएका छन् । भारतको चम्पावत विधान सभा– क्षेत्र– ५५ को उपनिर्वाचनका लागि सीमा नाका बन्द गरिन लागेको हो । जेष्ठ १७ गते हुने उपनिर्वाचनका लागि जेष्ठ १४ गते बेलुकी ५ बजे देखि जेष्ठ १७ गते बेलुकी ५ बजेसम्म चम्पावत जिल्लासंग सीमा जोडिएका क्षेत्रका नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी सूचनामा उक्त अवधिमा स्वास्थ्य उपचार लगायत अन्य अत्यावश्यक सेवाको लागि भने अनुमति प्राप्त हुने उल्लेख गरिएको छ ।

Read More

दार्चुला- दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको काम ७० प्रतिशत सकिएको अपि पावर कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको सबै क्षेत्रको काम एकसाथ अघि बढेको कम्पनीका सञ्चालक इन्द्रमणी धितालले बताए । उनका अनुसार आयोजनाको बाँध, विद्युतगृह सबै क्षेत्रको काम द्रुत गतिमा अझि बढेको छ । आयोजनाको बाँध क्षेत्रको डिस्यान्डर र अन्डरस्लूइसलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । बाँध क्षेत्रको काम आगामी ६ महिनाभित्र सम्पन्न गर्नेगरी काम तिव्र गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ । यस्तै, विद्युतगृहको ९० प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर त्रिलोकसिंह महराले बताए । निर्माण सुरु भएको १४ महिनामा…

Read More

काठमाडौं – नेपाल प्रहरीको जनपदतर्फ पूजा सिंह पहिलो महिला एआईजी बनेकी छिन् । सिंह जनपद प्रहरीमा भर्ना हुदाँ प्रहरी निरीक्षकमा पनि पहिलो महिला बनेकी थिइन् । २०४९ साल चैत ११ गते २९ जना प्रहरी निरीक्षक भर्ना हुँदा २८ जना पुरुष थिए। यो ब्याचबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षकमा बढुवा भइसकेका छन्। बाँकी ८ मध्ये ७ एआईजी पुरुष नै छन्। पूजासिंह जनपदतर्फकी पहिलो महिला एआईजी हुन्। प्राविधिकतर्फ भने डा. आशा सिंह र दुर्गा थापा यसअघिबाटै कार्यरत छन्। प्राविधिक तर्फ प्रहरी अस्पतालमा पहिलो महिला एआईजी भने डा. दुर्गा थापा हुन्।

Read More

महेन्द्रनगर – कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अघिल्लो निर्वाचनमा यी चारवटै पालिकामा एमाले विजयी भएको थियो । त्यसैगरी एमालेले यहाँको दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ । यसअघि दोधारा र शुक्लाफाँटामा नेपाली कांग्रेसले…

Read More