Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६१५पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ…

Read More

काठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (सोमबार) बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरिएको छ । असार ५ गते बस्ने बैठकका लागि बोलाउने निर्णय गरेको समितिका सदस्य राम कार्कीले जानकारी दिए । सरकार प्रमुखको आसन्न आमेरिका भ्रमणबारे देउवासँग छलफल गर्न लागेको बताइएको छ । यस्तै, बैठकमा परराष्ट्र मन्त्री नारायण खड्कालाई पनि बोलाउने निर्णय भएको सदस्य कार्कीले बताए ।

Read More

काठमाडाैं – वीरगञ्जबाट प्रहरीले एक सय १३ वटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैधरूपमा ल्याएका एक सय १३ वटा ज्युँदा कछुवासहित बाराको कलैयाका आनन्दलाल टेमालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतबाट वीरगञ्ज महानगरपालिका–१६ इनर्वा गाउँको बाटो हुँदै कछुवा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले टेमानीलाई पक्राउ गरेको हो। उनलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै आजै प्रहरीले काठमाडाैं महानगरपालिका ३२ कोटेश्वरबाट १० वटा ज्युँदा कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका १ घर भएका राज देउला र राहुल देउला रहेका छन् ।

Read More

पोखरा – गण्डकी सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हाे । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए । त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले मंसिर पहिलो साता आमनिर्वाचन गर्ने तयारी समेत गरेकाे छ । गण्डकीमा पहिले…

Read More

काठमाडौं – नेकपा एमालेका सांसद महेश बस्नेतले रासायनिक मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कारबाहीको माग गरेका छन् । उनले भने ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’६० प्रतिशत किसान भएको मुलुक नेपाल भएकोले कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’ फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौं ? भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उनको सुझाव छ ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

Read More

काठमाडौंः नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकमा स्थानीय निकाय निर्वाचनको समीक्षालगायतका कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

Read More

जनकपुर – मधेश प्रदेशको राजधानी जनकपुरधामलगायत सहरमा कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको पाइएको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्वाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका हुन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्वाइड प्रयोग गरी पकाइएका आँप राजधानी जनकपुरधामसहित सहरहरुमा बिक्री भइरहेको स्थानीयवासीले बताए । विषादी प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा असर पार्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकहरुले सुझाए । जिल्ला प्रशासन कार्यालयले पनि केही दिनअघि सूचना जारी गरी विषादी हालेर पकाइएको आँप बिक्री वितरण गर्न रोक लगाए पनि व्यापारीले चोकचोकमा खुलेआम विषादी हालेको आँपको विक्री…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपट रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिएका हुन् । प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उनले ती मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने र जनताले ती मन्त्रीको मुख च्यात्ने पर्ने अवस्था आउने चेतावनी दिए । बैठकमा सांसद रावलले भने, ‘प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेस गरेका मागहरू प्रतिपक्षको हो भनेर गैरजिम्मेवार भएर, अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको…

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठक अहिले आधा घण्टाका लागि स्थगित भएको छ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको विषयमाथि सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पूर्णकुमारी सुवेदी विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको बताएकी थिइन् । उनले अर्गानिक खेती र अर्गानिक मल उद्योगको विषयमा कृषि समितिमा समेत आवाज उठेको स्मरण गराउँदै तत्कालीन समस्या भनेको जिटुजिमार्फत किसानको खेतमा मल पुग्ने वातावरण बनाउनु रहेको बताइन्। एक देशबाट मात्रै मल ल्याउँदा समस्या भएकाले अर्को मुलुकबाट आउने नाका…

Read More