Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर – महेन्द्रनगरका सुशील चटौतआफ्नै घरमा कामगर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गत चैतमा पक्राउ परेर हाल पुर्पक्षको लागि ललितपुरको नक्खुकारागारमा राखिएको छ । हाल ललितपुर जिल्ला अदालतमा चटौतको मुद्दासंग सम्बन्धित पक्षसंग बकपत्र चलिरहेको छ । आफ्नै घरमा घरायसी कामकोलागि राखेकी बझाङकी १४ वर्षीया बालिकालाई तीन वर्षदेखि पटक–पटक बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए । बालिकाले आफैं बलात्कृत भए भनेर प्रहरीमा उजुरी भने दिएकी थिइनन् । घरमै काम गर्न साहुका छोराले पटक–पटक बलात्कार गरेको उजुरी गरे आफ्नै ज्यान जोखिममा पर्ने त्रासले उनी प्रहरीकोमा जान सकेकी थिइनन् । तर, उनको मानसिक अवस्था भने बिग्रिदो थियो । ललितपुरको महालक्ष्मी नगरपालिकाको…

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गरेका थिए । निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने बताए । संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने उनले जनाए । उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

Read More

काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

Read More

काठमाडौं – नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आथिक वर्ष २०७७/७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ ।

Read More

रसुवा – गंगादशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढी तिर्थयात्रीले मेला भरेका छन् । ज्येष्ठ शुक्लठ प्रतिपदादेखि दशमीसम्म लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढीले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यो वर्ष गंगादशहरा मेला १० दिनसम्म लागेको थियो । अघिल्लो वर्षहरुमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने संचालन भएको हो । कोभिड १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला संचालन भएको हो । पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न…

Read More

काठमाडौं – नेकपा एमाले सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले सशस्त्र प्रहरीमा कार्यरत प्रधानमन्त्रीका भान्जालाई बढुवा गर्नका लागि बढुवासम्बन्धी सूचना हटाइएको बताएका छन् । गृहमन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्ने सांसद क्रममा अधिकारीले सशस्त्र प्रहरी एसएसपी बढुवासम्बन्धी सूचना हटाइएको बताए । उनले भने, ‘यो विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्बन्धी सबै ठाउँमा आएको छ । गृहमन्त्रीज्यू यसमा सहमति हुनुहुन्छ वा हुनुहुन्न, गृहमन्त्रालय छ कि छैन । विज्ञापन प्रकाशित गर्ने ठाउँमा उहाँहरू हुनुहुन्छ कि हुनुहुन्न ? प्रधानमन्त्रीको साख्खै भान्जा पर्ने धेरै जुनियर र तान्नु पर्ने भएकाले एकाएक वेबसाइटबाट यो सूचना हटाइएको जानकारी छ ।’अधिकारीले अहिलेजसरी गृह प्रशासन चल्न नसक्ने बताए । अधिकारीले प्रश्न…

Read More

धनुषा – मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेस प्रदेशद्वारा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकारका बीच समन्वय र सहकार्य आवश्यक छ भने । उनले भने, ‘मधेसलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय तह मातहतकै गाउँठाउँमा गर्नु पर्दछ, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने विकास निर्माण त्यही ठाउँमा गर्नुपर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्यबिना समृद्धि र विकास सम्भव छैन ।’…

Read More

सुर्खेत – जाजरकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु तथा ११ जना घाइते भएका छन् । जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा जुनीचाँदे–६ का २० वर्षीय लालबहादुर बुढा, दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का १३ वर्षीया विपना…

Read More

मुगु – मुगुमा पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ । नेविसंघ मुगुले मुगुमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो । शैक्षिकसत्र सुरु भएको दुई महिना हुन सक्दा पनि मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । जिल्ला शिक्षा समन्वय इकाइ मुगुलाई ज्ञापनपत्र बुझाएर नेविसंघले तत्काल पाठ्यपुस्तक ल्याउन माग गरेको संघ मुगुका संयोजक सोविन्द्र बहादुर मल्लले बताए । उनका अनुसार शैक्षिक सत्र सुरु भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हौँ । तत्का पाठ्यपुस्तक नआए सशक्त रुपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ । मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत…

Read More