Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा देशको नेतृत्व पुग्दा हरेक पटक अनिष्ट हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले देशका ठूला आयोजनामा धमाधम विदेशीलाई सुम्पिएर देउवाले गम्भीर राष्ट्रघात गरेको बताएका हुन्। ‘२०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियो’, उनले भने, ‘फेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो। अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन्। राष्ट्रघात गरिरहेका छन्। पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ।’

Read More

काठमाडौं – नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो काँग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् । आज (आइतबार) काठमाडौँमा भएको नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा काँग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका थिए । ‘यो काँग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझीकन तपाईँहरूले क्लेम गर्ने कुरा छैन ।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाअघि बोलेका ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले काँग्रेसकै नेतृत्वमा सरकार हुँदा…

Read More

काठमाडौं- पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिब दुई लाख पर्यटक भित्रिएका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट १ लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्केका छन् । विश्वमा कोरोना महामारी सुरु भएपछि रोकिएको पर्यटकको आगमन पछिल्ला महिनाहरुमा विस्तारै बढ्न थालेको छ । कोरोनाको खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको हो । कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक लाख…

Read More

कैलाली- कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । चार वर्षदेखि केरा व्यवसाय गर्दै आएका शङ्करको अधिकांश केरा शनिबारको हावाहुरीले नष्ट गरेको छ । उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि शङ्कर निकै चिन्तित छन्। जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमा समेत जान सकेका छैनन्। बैंकबाट ऋण निकालेर व्यवसाय गरेका शङ्करले हावाहुरीले व्यवसायबाट विस्थापित हुने अवस्था सिर्जना गरेको बताए। “एक हजार २०० भन्दा बढी केराका बोट कामै नलाग्ने गरी ढलेका छन्, त्यसमा पनि अधिकांश केरा घारी दिइसकेका थिए”, शङ्करले भने, “बारीमा गयो भने रुन मन…

Read More

सुनसरी – सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिप चालक सहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रीत भई…

Read More

रोल्पा – रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।

Read More

बैतडी – बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्ध भत्ता लिने गरेकोसमेत खुल्न आएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाका–१३ र दोगडाकेदार गाउँपालिकाका एकको नागरिकता केरमेट गरेको पाइएको हो । कुनैको प्रतितिपि बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका बेला केरमेट…

Read More

गुल्मी – श्रीमतीलाई बलात्कार गरेको अभियोगमा गुल्मीबाट एक पुरुष पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका–४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमा शनिबार ती महिलाले आफूमाथि श्रीमानले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन्। पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको डीएसपी खरेलले बताए। प्रहरीका अनुसार ती महिलाले आफ्नो श्रीमानले डर धम्की देखाई पटक–पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्। उनको जाहेरीका आधारमा वैवाहिक बलात्कार मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए। उक्त दम्पतीका दुई सन्तानसमेत…

Read More

काठमाडौं – एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित् गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राणघातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे । गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् ।

Read More

काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेका बताए । प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो भन्ने विषय संसदमा जानकारी गराउनुपर्ने उनले बताए । सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउनु सामान्य नभएको भन्दै उनले भने, ‘सत्ता गठबन्धनमा रहेको असमझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्त्वपूर्ण विषयहरू छन्, जससँग सत्ता…

Read More