Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । इन्धनको मूल्य बढेसँगै लामो दूरीका भाडादर बढेको हो । इन्धनको मूल्यअनुसार अन्तर प्रदेश सार्वजनिक सवारीमा पनि स्वचालित प्रणाली लागू भएसँगै भाडा बढेको हो । यसअघि जेठ २० गते पनि भाडा बढाइएको थियो । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरै घटबढ भएमा अन्तर प्रदेश यात्रुवाहक र मालवाहक यातायातको भाडा सोअनुसार समायोजन गर्न थालिएको छ । बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशतले बढाएको थियो । इन्धनको सो मूल्य वृद्धिअनुसार विभागले यात्रुवाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा ३.३ र तराईमा चल्ने…

Read More

तनहुँ – तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा दुई जनाको शव फेला परेको छ । सडक भासिएको स्थानबाट नेपाली सेना र प्रहरीको टोलीले २ जनाको शव निकालेको हो । गोरखा छोप्राक घर भइ आबुखैरेनी २ मा बस्दै आएका केशव घिमिरेको मात्रै सनाखत भएको छ भने अर्को शवको सनाखत हुन बाकी रहेको जनाइएको छ । आज विहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । कारमा कति जना…

Read More

काठमाडौं – नेपालको लागि इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Read More

तनहुँ – तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा वेपत्ता भएकाहरुको खोजी गर्न प्रहरीले गोताखोर परिचालन गरिएको छ । आज विहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । कारमा कति जना थिए भन्ने केही खुलेको छैन । सडक भासिएपछि मुग्लिन–पोखरा सडकखण्डमा सवारी आवागमन बिहान ५ बजे देखि अबरुद्ध भएको छ । सवारी साधनलाई पोखरा र मुग्लिन आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ । अबरुद्ध सडक तत्काल…

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज(आइएक्स)मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो। गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो। त्यसलगत्तै विद्युत प्राधिकरणले थप चार जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो। शुक्रबारबाट निजी…

Read More

काठमाडौं- शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन्। शहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न अनुरोध गरेकी छन्। ‘हिजोका कुराहरुलाई माफीमिनाह पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरुलाई असजिलो पर्योु, उनले बैठकमा भनिन्, ‘जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु।’ शुक्रबारदेखि अघिका दिनमा सिसडोल र बञ्चरेडाँडाका समस्यालाई उठाएर अघि बढ्ने उनले प्रतिवद्धता जनाएकी छन्। ‘मैले केही कथाका कारणले आएका रियाक्टमा पनि क्षमाप्राथी छु। हाम्रो स्टेरिङ कमिटी बनेर कार्ययोजना बनाएर कार्यान्वयन गर्छौं,’ उनले भनिन्, ‘मन्त्री र सचिवहरु आउने कुरा भइरहन्छन्। जनप्रतिनिधिले कसरी कुन तहको मेकानिजम बनाउने भन्ने कुरा…

Read More

काठमाडौं – सुनको मूल्यमा शुक्रबार ३०० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९७ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीसँग जवाफ मागेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले गत २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र आफ्नी ८० वर्षीया आमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने बताइन् । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा घरमै रहेका बेला सत्तारुढ दलका व्यक्तिले ज्यान लिने गरी आएका र उनीहरुले स्थानीय प्रशासनले आफूलाई उद्धार गरेको उनले बताइन् । वृद्धा आमाथि दुर्व्यवहार र आफ्नो ज्यान लिन खोज्नेलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै सांसद चौधरीले कारबाही प्रक्रियाबारे जानकारी मागेकी हुन् ।…

Read More

काठमाडौं – प्रतिनिधि सभामा नेकपा एमालेका सांसद घनश्याम खतिवडाले मोरङको रतुमाई नगरपालिका–९ को जनता माविका प्रधानाध्यापकमाथि भएको कुटपिटको घटनप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सत्तारूढ दलका नेता तथा कार्यकर्ताबाट विद्यालयका प्राधानाध्यपक कुटिनु दुःखद भएको बताए । ‘जेठ २४ गते मोरङ जिल्लाको रतुमाई नगरपालिका वडा नं।९ जनता माविका प्रअ इश्वर खनाललाई त्यही वडाका निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसका इन्द्र बहादुर लिम्बुले नेपाली कांग्रेसको पार्टी कार्यालयमा झुक्याएर बोलाई सन्तोष घिमिरे लगायतका मान्छेबाट निर्ममतापूर्वक कुटपिट गरिएको छ,’ सांसद खतिवडाले भने । एउटा विद्यालयमा पढाउने प्रधानाध्यापकलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाएर निर्घात कुटपिट गर्नुले सत्ताको दुरुपयोग भएको अनुभूति भइरहेको उनले…

Read More

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उनले भने, ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।’ गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज…

Read More