Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर घटाउन भनेको हो । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ ।

Read More

काठमाडाैं – सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको सुनुवाइ जेठ ३० गते हुने भएको छ । विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेन । ‘रिट निवेदनमा प्रत्यार्थीहरू वसन्तकुमार पन्त, धीरजप्रताव सिंह र रवीन्द्रबहादुर धानुकको नाममा म्याद तामेल भई आएको देखिएन,’ आदेशमा भनिएको छ, ‘प्रत्यार्थी वसन्तकुमार पन्त कैलालीमा रहेको र अन्य प्रत्यार्थीलाई म्याद बुझाउन नसकिएको भन्ने प्रतिवेदनबाट देखिन आएको छ ।’ आदेशमा रिट निवेदनका निज विपक्षीहरू प्रहरी सेवाका उच्च पदाधिकारी रहे भएको र निजहरूकै नामको म्यादसमेत तामेल हुन नसकेको गम्भीर अवस्था देखिएको उल्लेख छ…

Read More

बाजुरा- बाजुरा राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुगेकी छन्। सुुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक पर्यटकीयस्थल बाजुराको बडिमालिका शक्तिपीठ दर्शनका लागि उनी बुधबार बिहान बाजुरा पुगकी हुन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट बाजुरा पुगेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। अनौपचारिक भ्रमणको सिलसिलामा मंगलबार काठमाडौंबाट सुर्खेत पुगेकी राष्ट्रपति भण्डारीले पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गरेकी थिइन्। भण्डारी मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बसेकी थिइन्। भ्रमण सकेर उनी बुधबार काठमाडौं फर्किने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Read More

कैलाली- राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) सुदूरपश्चिम आउने भएकी छिन् । राष्ट्रपतिको बाजुराको बडीमालिकामा जाने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार हिजो सुर्खेत पुगेकी थिइन् ।

Read More

डोटी- डोटीका एक किशोर १० दिनदेख बेपत्ता भएका छन्। जिल्लाको शिखर नगरपालिका–७ विष्टैका १४ वर्षीय विक्रम रावल बेपत्ता भएका हुन्। गाउँ नजिकैको खोलामा माछा मार्न भनी गएका उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ । बेपत्ता विक्रम सुस्त मनस्थितिका रहेका र कतै भेटिए प्रहरीमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।

Read More

दार्चुला- दार्चुलाका एक वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–७ का वडा सदस्य केशवराम कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए। पेट सम्बन्धी समस्या भएका उनको जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए।

Read More

कैलाली- कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु दुई करोड विनियोजन भए पनि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले क्रमागतमा राखेर चालु आवमा रु चार करोड विनियोजन गरेको थियो । केही महिना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गरेका थिए । भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ । जग ढलानमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ । निर्माण सम्झौताविपरित सामग्री प्रयोग गरेपछि विवाद उत्पन्न भएको छ । निर्माणमा संलग्न रोयल पवन जेभीका सञ्चालक…

Read More

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुल्कमा यो रकम वृद्धि गरिएको हो। उनका अनुसार चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइरहेका बेला अध्ययन शुल्कमा वृद्धि गर्नुपर्ने चौतर्फी दबाब भएपछि शुल्क वृद्धि गरिएको उनको भनाई छ । विश्वविद्यालय तथा कलेजले कम्तीमा १० प्रतिशत शुल्क वृद्धि गर्नुपर्ने…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं- भारतका लोकप्रिय गायक कृष्णकुमार कुननाथको मृत्यु भएको छ । उनको मंगलबार राति कोलकातामा निधन भएको छ । केकेको नामले चिनिने ५३ वर्षीय उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका उनलाई त्यहाँबाट फर्किएपछि निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनका अनुसार केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ । केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए । तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका…

Read More