डोटी– डोटीका एक किशोर १० दिनदेख बेपत्ता भएका छन्। जिल्लाको शिखर नगरपालिका–७ विष्टैका १४ वर्षीय विक्रम रावल बेपत्ता भएका हुन्।
गाउँ नजिकैको खोलामा माछा मार्न भनी गएका उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ । बेपत्ता विक्रम सुस्त मनस्थितिका रहेका र कतै भेटिए प्रहरीमा सम्पर्क गरिदिन आग्रह गरिएको छ।
Facebook Comments Box