दार्चुला– दार्चुलाका एक वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–७ का वडा सदस्य केशवराम कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए। पेट सम्बन्धी समस्या भएका उनको जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए।
Facebook Comments Box