Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराएका हुन् । किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्मा छलफल हुने भएको छ । स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयका अधिकारीले बताएका छन् ।संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ…

Read More

काठमाडौं – आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार तोलामा ३ सय रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँकिनबेच भएको सुन सोमबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ।

Read More

काठमाडौंः बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको हो। मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत मोतिहारी पूर्वी चम्पारण समरपुर-२ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको हो। प्र.०२-०३-००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए। पुलबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका थिए। कलैया अस्पतालमा उपचारका लागि पठाइएकोमा गए राति दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको…

Read More

काठमाडौंः स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ। च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाको समीक्षा, निर्वाचित जनप्रतिधिलाई प्रशिक्षण, केन्द्रीय विभागमा पूर्णता, भावी रणनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ। आजको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक पनि तय गर्नेछ। एमालेको सचिवालयमा अध्यक्षसहित १७ पदाधिकारी रहनेछन्।

Read More

काठमाडौं – आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिंदै छन् । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजेदेखि सुरु भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा…

Read More

पोखरा – गण्डकी प्रदेश सभाबाट सोमबार नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । १ असारमा बजेट ल्याउनैपर्ने बाध्यता सरकारलाई छ । सोहीअनुसार बजेटअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । सरकारले आगामी वर्षका लागि स्वास्थ्य, महिला, कृषि लगायत क्षेत्रमा प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सबै सांसदले नीति तथा कार्यक्रममा आफ्ना सुझाव दिएका छन् । यही नीति तथा कार्यक्रममा आधारित भएर बजेट निर्माणको काम भइरहेको सरकारले जनाएको छ । आउँदो वर्षका लागि करिब ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । तर बजेट निर्माण प्रक्रिया पारदर्शी नभएको भन्दै सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरिरहेका छन् ।…

Read More

ओटावा – चर्चित पप गायक जस्टिन बिबर एक दुर्लभ रोगका कारण आफ्नो आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात र स्नायुलाई कमजोर बनाएको छ । टोरन्टो र वाशिंगटन डीसीमा कार्यक्रम रद्द गरेपछि उनले अनुहारको आधा भाग नचल्ने भन्दै आफ्नो अवस्था ‘धेरै खराब’ भएको बताएका थिए । के हो रामसे हन्ट सिन्ड्रोम ? राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । राम्से हन्ट सिन्ड्रोमलाई सामान्यतया हर्पेस जोस्टर ओटिकस…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक सातामा नागरिकता विधेयक पारित हुने बताएका छन् । बालुवाटार पुगेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताएको एक नेताले जानकारी दिए । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्। नेता-कार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबिच छलफल भएको स्रोतको भनाइ छ।

Read More

काठमाडौं – परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् । समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पवित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् । सभापति खरेलले भनिन्, ‘अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन । कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो ।’ मन्त्री नभए पनि छलफल गर्न उनले समितिका सदस्यहरूलाई आग्रह गरिन् ।

Read More

गण्डकी – गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो । सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८÷७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिनुभयो । “एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हँुदै ४० किलोमिटर मार्ग खोलिसकेको…

Read More