Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरू सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डङ्गोलले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Read More

टोकियो – दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ जापानले काेभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो । सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो । विदेशी वासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको थियो र सरकारले १ जुनदेखि दैनिक विदेशी आगमनको सीमा २०,००० पुर्याएको छ । मार्चको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि टुर समूहहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ । तर, एक सय देश र…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन सूचित गरेको छ । एक सूचना जारी गर्दै निर्वाचन कार्यालयले उम्मेदवार तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन सूचित गरेको हो । निर्वाचन कार्यालयले सम्पूर्ण पालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। साथै तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।

Read More

काठमाडौं । नेपाली फिल्मले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पहिलोपटक अवार्ड जितेको छ । नेपाली फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो । यो फिल्म अविनाश विक्रम शाह निर्देशित हो । यही विधाको मुख्य अवार्ड पाम दे ओर चाहिँ चीनको १५ मिनेट लामो फिल्म ‘द वाटर मर्मस’ले जितेको छ । जित घोषणापछि अवार्ड लिन निर्देशक शाह कान्सकै मञ्चमा पुगेका थिए । नेपाली फिल्मले पहिलोपटक कान्समा औपचारिक रुपमा भाग लिएको थियो र पहिलो अवसरमै अवार्ड पनि जित्न सफल भएको छ । एउटी आमाले आफ्नी १२ वर्षकी छोरीलाई शान्त तुल्याउन लोरी गाउँछिन् । जब लोरी समाप्त हुन्छ र छोरी…

Read More

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई राजनैतिक दलको आवद्धता त्याग्न उर्दी जारी गरेको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष हिरासिंह धामीले गाउँपालिका भरिका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनैतिक दलको अवद्धता भए सात दिन भित्र त्याग्न अल्टिमेटम जारी गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष धामीले कर्मचारी तथा शिक्षकहरुले ७ दिन भित्र दलको सदस्यता नत्यागेमा कानुनबमोजिम कारवाही गर्ने चेतावनी दिएका छन् ।

Read More

काठमाडौं- आर्थिक वर्ष २०७७ फागुन मसान्तको भन्दा चालु आर्थिक वर्षको फागुन मसान्तको तथ्यांकअनुसार प्रत्येक नेपालीको टाउकोमा १० हजार ८५८ रुपैयाँले ऋण बढेको छ। २ करोड ९१ लाख जनसख्या रहेको नेपालमा एक वर्षको अवधिमा नेपालीहरुको टाउकोमा ३ खर्ब १५ अर्ब ९६ करोड ७८ लाख रुपैयाँले ऋण बढेको हो। गत आर्थिक वर्ष २०७७ फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्ष २०७८÷७९ को आर्थिक सर्वेक्षणअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ। यो सार्वजनिक ऋण गत आर्थिक वर्षको भन्दा ६.३९५ ले बढेको हो। यस तथ्यांकअनुसार एक जना नेपालीको भागमा…

Read More

कानो- दक्षिणी नाइजेरियाथित शनिबार भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । एउटा भीडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिएको त्यहाँको प्रहरीले जनाएको छ । पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च संगठनले गरिबहरूका लागि खाना र उपहारहरू प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो । ‘दुर्भाग्यवश, भीड उथलपुथल र अनियन्त्रित भयो र आयोजकहरूले विवेक अप्नाउन गरेका सबै प्रयास बिफल भए’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।

Read More

बैतडी- बैतडीमा जिल्ला समन्वय समितिको चुनाव यही जेठ २४ गते हुने भएको छ। बैतडीका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीका अनुसार जेठ २४ गतेका लागि चुनावको मिति तोकिएको हो । उनले सोही अनुसार निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको जानकारी दिए । जस अनुसार जेठ १९ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । कार्यपालिकाको चुनाव सम्पन्न भएको १० दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार चुनावका लागि उक्त मिति तोकिएको बताइएको छ। चुनावबाट ९ सदस्यीय जिल्ला समन्वय समिति गठन हुनेछ। जसमा एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला सदस्य, एकजना दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुला सदस्य…

Read More

काठमाडौँ- चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ । नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । यसअघिको परीक्षामा पास ४१ प्रतिशत थियो । मेडिकल काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागीमध्ये ६८ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारीले दिएको जानकारीअनुसार परीक्षामा एक हजार ४९४ परीक्षार्थीमध्ये ४७५ जना मात्रै पास भएका छन् । एक हजार १९ जना अनुत्तीर्ण भएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

Read More

काठमाडौं- जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका – ६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ। वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन् । नागरिक दैनिकमा खबर छ…

Read More