कानो– दक्षिणी नाइजेरियाथित शनिबार भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । एउटा भीडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिएको त्यहाँको प्रहरीले जनाएको छ ।
पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च संगठनले गरिबहरूका लागि खाना र उपहारहरू प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो ।
‘दुर्भाग्यवश, भीड उथलपुथल र अनियन्त्रित भयो र आयोजकहरूले विवेक अप्नाउन गरेका सबै प्रयास बिफल भए’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।
Facebook Comments Box