Author: महेन्द्रनगर पोष्ट

धनगढी – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् । मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए । मृतकका आफन्तले किटानीसहित जाहेरी दिँदा प्रहरीले नबुझको भन्दै यसअघि पाँच दिनसम्म मृतकका अफान्तले शव बुझेका थिएनन् । बुधबार घटनाको अनुसन्धान गर्ने र किटानी परेका व्यक्तिमाका नाममा मुद्दा दायर गर्ने सहमतिपछि…

Read More

काठमाडौं – सरकारले १२ देखि १७ वर्षसम्मका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्तरीय २४ गतेको निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका सरकारले पहिला तथा दोस्रो डोज मोर्डना तथा फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोज भोलि (शुक्रबार) बाट सञ्चालन गरिने बताए । ‘१२ देखि १७ बर्षसम्मका बुस्टर डोज मोडना तथा फाइजर जुन लगाएपनि हुन्छ,’ दाहालले भने,’ पहिला खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छौँ ।’ फाइजर खोप बुस्टर लगाउँदा…

Read More

काठमाडौं – पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो । इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

Read More

महेन्द्रनगर – महेन्द्रनगरको हाई प्रोफाईल व्यक्ति जोडिएको बलात्कार मुद्दामा प्रहरीदेखि अदालतसम्मै बयान फेर्ने चलखेल भएको पाइएको छ । आफ्नै घरमा कामगर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका महेन्द्रनगरका सुशील चटौतको मुद्दाबारे हाल ललितपुर जिल्ला अदालतमा बकपत्र चलिरहेको छ । तर, शक्तिको आडमा उनीहरुले बालिकालाई ‘होस्टाइल’ गरेर प्रहरीदेखि अदालतसम्मै बयान फेर्ने लगाएको खुलेको छ । अभियुक्त सुशीलका बुवा तीर्थराजको सम्बन्ध प्रधानमन्त्री कार्यालयसम्म छ । प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ र उनी बझाङमा निर्माणाधीन तीनवटा जलविद्युत परियोजनाका लगानीकर्ता हुन् । सोही शक्तिको दुरुपयोग गरेर उनीहरुले बालात्कारजस्तो जघन्य अपराधमा संलग्न भएका छोरा सुशीललाई जोगाउन चलखेल गरेका हुन् । यसअघि २८…

Read More

काठमाडौं – अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्लस ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुकहुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ असारसम्म नेपाल भ्रमण गर्ने तय भएको हो । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन । उनी अमेरिकी सेनाको विशेष विमानबाट बिहीबार नेपाल आउने छन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल…

Read More

एजेन्सी – पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको मृत्यु भएको छ । गएको २४ घन्टा यता भएका ती हमलाहरुमा नौ जनाको हत्या भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले बुधबार यहाँका विभिन्न स्थानमा अन्धाधुन्ध गोली हानेको जनाएको हो । पञ्जाव प्रान्तको शिखुपुरा जिल्लामा गोली हानेर चार जनाको हत्या गरिएको प्रहरीले जनाएको छ । सो स्थानमा बुधबार अपराह्न सवारी साधनमै गोली हानेर चार जना यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ । सडकमै गोली प्रहार गरेर चार जनाको हत्या गरेको सो अज्ञात व्यक्ति भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी अभियानलाई जारी…

Read More

काठमाडौं – संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।

Read More

काठमाडौं – प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बौल्दै उनले सरकार भएको अनुभुति हुन नसकेको समेत बताइन् । ‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने । कस्तो बिडम्बना, सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन,’ उनले भनिन् । सांसद संग्रौलालले नयाँ शैक्षिकसत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताइन् । त्यति मात्र होइन खेती गर्नेबेला किसानहरुले मल पाउन नसकेको उनले जनाइन् । ‘महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । फोहोरमाथि राजनीति हुन्छ,…

Read More

नयाँदिल्ली – भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो । महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि (९४ दिन) पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ । साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ । पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट…

Read More

काठमाडौं – भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो । १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोँकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए । उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बङ्गालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे । प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाससहित पेस्तोल बरामद भएको…

Read More