Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने गरी पत्रकार सम्मेलन आयोजना गरिएको हो । त्यसक्रममा समसामयिक विषयमा पनि प्रष्ट पारिने बताइएको छ ।

Read More

अछाम- नेकपा एमालेका नेता भीम रावलको वडा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्टलाई मत बराबर आएपछि गोलाप्रथाबाट हराउँदै स्वतन्त्र उम्मेदवार मीनबहादुर बोहरा विजयी भएका हुन् । विष्ट र बोहराको समान २२६ मत आएपछि गोला प्रथा गरिएको थियो । गोलाप्रथा गर्दा स्वतन्त्र उम्मेदार बोहराले जितेका हुन् । दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो । अन्ततः दुबै पक्ष गोलाप्रथा गर्न सहमत भएका थिए ।

Read More

बैतडी– बैतडीको सुर्नया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आइतबार सुर्नया गाउँपालिकाको केन्द्रमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । पालिका अध्यक्षले उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउनुपर्ने कानुनी व्यवस्था अनुसार नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा सुर्नयाका निर्वाचन अधिकृत सिद्धराज जोशी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्ट लगायतको सहभागिता थियो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट सुर्नयामा अध्यक्ष, उपाध्यक्ष सहित ४२ जना…

Read More

बैतडी- बैतडीको सिगास गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिगास गाउँपालिकाको केन्द्र गर्जेमा आयोजित शपथ ग्रहण समारोहमा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् । सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले नवनिर्वाचित अन्य जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका हुन् । सिगास गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४७ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।

Read More

चितवन- चितवनको पश्चिम क्षेत्र बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो । बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

Read More

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो । यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ । खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्‍याइएको छ ।

Read More

डडेल्धुरा- प्रधानमन्त्री आधुनिकीकरण परियोजना ईकाई डडेल्धुराका प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ । जिल्लाका किसानहरूले आइतबार विगत ५ वर्षदेखि आलु सुपरजोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई ३० किलोको माला, अविर, बाजागजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराइ अभिनन्दन गरेका हुन् । कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजना गरेका थिए । जोशी कार्यालय प्रमुख भएयता डडेल्धुराको आलु खेतीमा नयाँ आयाम आएको छ । आलु सुपरजोनमार्फत् प्रविधि प्रर्दशन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायीक आलु खेतीमा किसानहरूलाई अभिप्ररित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरूलगायत नवदुर्गा…

Read More

कैलाली- लिभिङ विथ आईसीटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सुदूरपश्चिममा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुने भएको छ । धनगढीमा वैशाख भोलि (सोमबार) स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुन लागेको कार्यक्रमका संयोजक निर्देश मास्केले जानकाकारी दिए । स्टार्टअप एण्ड आईडिया फेस्ट दिउँसो १ बजेदेखि र डिजिटल सुदूरपश्चिम संवाद दिउँसो २ः ३० बजेदेखि सुरू हुने आयोजकले जनाएको छ । सोही समयमा स्टार्टअपहरुको एक्सपिरियन्स सेयरिङ तथा मेन्टरिङ सेसन तथा आईडिया पिचिङ आयोजना हुनेछन् । स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा प्रोडक्टमा आधारित कम्पनीहरुले…

Read More

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरले जिल्लामा पार्टीलाई हराउन विपक्षी दलहरुले उम्मेदवारहरुसंग भोट सेटिङ गरेको आरोप लगाएको छ । एक्लै नेकपा एमालेलाई हराउन नसक्ने अवस्था देखिएपछि निर्वाचनकै दिन विपक्षी दलका उम्मेदवारलाई सेटिङमा भोट हाल्न लगाइएको एमाले कञ्चनपुरले जनाएको हो । अन्य राजनीतिक दलले एमालेलाई एक्लै हराउन सक्ने अवस्था नभएपछि आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरि विपक्षी पार्टीका उम्मेदवार भोट हाल्न लगाइएको एमालेको आरोप छ । आइतबार एमाले कञ्चनपुरले प्रेस विज्ञप्तीमार्फत निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिदैँ स्थानीय तह निर्वाचन समयमै गराउन सत्ताधारी गठबन्धनले नचाहेको र एमालेको दबावपछि निवार्नचन सम्पन्न भएको बताएको छ । पार्टी अध्यक्ष सुरेन्द्र विष्टद्धारा जारी विज्ञप्तीमा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष र…

Read More

काठमाडौं- वीरगञ्ज महानगरपालिका र भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् । विरगञ्जमा सत्ता गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह १६ हजार बढी मतान्तरले अगाढि छन् । ३२ वडा रहेको वीरगंजका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म जसपाका मेयरका उम्मेदवार सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा १६ हजार १११ मतले अगाडि छन् । सिंहले ३३ हजार ९१९ मत ल्याउँदा सरावगीले १७ हजार ८०८ मत प्राप्त गरेका गरेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका छन् । लोसपाका पुरुषोत्तमलाल झा भन्दा आलम १७ हजार २९६ मतले अगाडि छन् । आलमले २३ हजार १६४…

Read More