Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने योजना बनाएको छ । जेठ ५ गते भित्र मतगणना सम्पन्न गर्ने योजना रहेको निर्वाचन आयोगले जनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिँदैछ । अधिकतम जनशक्ति खटाएर भएपनि छिटोभन्दा छिटो मतगणना गर्न मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको छ ।३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन अनुसार, निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ । त्यसरी हेर्दा ५ जेठ २०७९…

Read More

उदयपुर- १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

कैलाली- धगनढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु गर्न बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयले तयार गरेको ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९’ राजपत्रमा प्रकाशित भएपछि रंगशाला निर्माणको कामले गति लिने भएको हो । राजपत्रमा उल्लेखित सूचनाअनुसार क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गरिनेछ । खेलकुद व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिलाई सरकारले अध्यक्षमा नियुक्त गर्ने प्रावधान छ । ९ सदस्यीय समितिको सदस्यमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख पदेन रहनेछन् । सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उद्धवराज पन्तले अर्का स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई समर्थन गरेका छन् । मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पन्तले कैँची चुनाव चिह्न पाएका थिए। अब उनले स्वतन्त्र उम्मेदवार गोपाल हमालको आँप चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । ‘धनगढीवासीको मनसाय गोपी हमाललाई मेयर देख्ने रहेको भन्दै उनले आफूले पनि हमाललाई नै समर्थन गरेको बताए । ‘मेरा सुभचिन्तकहरुले पनि गोपाल हमाललाई मेयर बनाउने चाहना देखाए’ उनले भने, ‘जनताको चाहनालाई बुझेर सुन्दर सुदूरपश्चिमका अभियान्ता स्वतन्त्र मेयरका उम्मेदरलाई समर्थन गरेँ । अब मेरा शुभचिन्तकहरुलाई पनि चुनाव चिह्न आँपमा मतदान गरेर हमाललाई जिताउनुहोला ।’ गोपाल हमालले…

Read More

डडेल्धुरा- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेशको राजधानी बनाउन सकिने बताएका छन् । मंगलबार डडेल्धुराको सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पहिले डडेल्धुरामा पूर्वाधार नभएका कारण धनगढीमा अस्थायी राजधानी बनाउने निर्णय गरिएको भन्दै उनले कांग्रेसलाई जिताएमा दुई वर्षपछि प्रदेश राजधानी डडेल्धुरामा ल्याउन सकिने बताए । ‘पहिले डडेल्धुरामा र डोटीमा संरचनाहरु नभएकाले राजधानी बनाउन सकिएन,’ उनले भने, ‘अब संरचनाहरु निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’ डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने उनको दाबी छ। ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम…

Read More

तनहुँ – तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । सोमबार घिरिङ गाउँपालिका-१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक कालीगण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का १३ वर्षीय इश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बालक हराएपछि बालकका आमाले गाँउपालिका अगाडि धर्ना दिएकी थिइन् । सोही विषयमा गाँउपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । यसैबीच नेपाली का‌ंग्रेस तनहुँले पार्टीका घिरिङ गाँउ कार्यसमितका सभापति यामबहादुर…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ३६३४ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १७ जनाले कोरोनाबाट संक्रमणमुक्त भएका छन् । नेपालमा उक्त अवधिमा ८० हजार १४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा नेपाल १८५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।

Read More

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे । गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको बताए । विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उनको भनाइ थियो । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको बताए । उनले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी गरे…

Read More

एजेन्सी – श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पदबाट राजीनामा दिएका राजापाक्षेको पुख्र्यौली घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मेडामुलाना भन्ने ठाउँमा उनको घरमा आगनजी भएपछि सेना परिचालन भएको थियो । सोमबार ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका थिए । उनले सर्वदलीय सरकारको…

Read More