Author: महेन्द्रनगर पोष्ट

कैलाली– धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई समर्थन गरेका छन् । आफूले उठाएका विभिन्न ८ वटा एजेन्डा सम्बोधन गर्न गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वड सहमत भएको भन्दै भट्टले उनलाई समर्थन गरेको प्रेस विज्ञप्ती जारी गरेर जनाएका छन् । नगर प्रमुखमा उम्मेदवारी दिएका मध्ये वड सबभन्दा उत्कृष्ट एवम् नगरबासीका माग सम्बोधन गर्न सक्ने उम्मेदवार भएकाले उनलाई समर्थन गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । भट्टले उपमहानगरपालिकाका माध्यमिक तहका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने, विशेष प्राथमिकता दिएर स्वास्थ्य समस्या समाधान गर्ने, डुवानको समस्या समाधान गर्ने, ‘भ्रष्टाचारमुक्त धनगढी’ अभियानको रुपमा कार्यान्वयन गर्नेलगायतका मुद्दा सम्बोधन गर्ने…

Read More

कैलाली– आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ । यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो ।साथै चुनावका दिन पनि सरकारले सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

Read More

दार्चुला- कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका—१ मा रहेका छाङ्गरु र तिंकरको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गरिएको हो । नेपाली भूमीबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सोमवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ । छाङ्गरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिंकरको आवि मोति महिला संघ…

Read More

काठमाडौं – सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी भनेको छ । यही वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ ।

Read More

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि दोहोरो अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै आएपनि नेप्से परिसूचक हिजो आइतबार १७ अंकले र आज सोमबार १२ अंकले बढेको हो । दुई दिनको वृद्धिसँगै नेप्से परिसूचक बढेर २२३८ अंकबाट २२६८ अंकमा पुगेको छ । हिजो आइतबार १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज १ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । बजार १२ अंकले बढेको दिन ४ समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ८२ अंकको गिरावट आउँदा होटेल/टुरिजममा २५ अंकको तथा विकास बैंक समूहमा २० अंकको गिरावट आएको छ । यस्तै, लगानी समूहमा ०.०७ अंकको…

Read More

धनगढी– प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै विघटन हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’ ३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदैछ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच…

Read More

काठमाडौं – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ गल्ली कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षीय मान बहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय किशोर बसौली रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी – नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन् । देशलाई २०१८ सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ । सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको प्रचण्डको आरोप छ ।

Read More

पोखरा – एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् । ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।’ गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन् । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ । एमालेलाई पार्टी…

Read More

काठमाडौं – नेपालले जिम्बाबे ए विरुद्धको अन्तिम एकदिवसीय खेलमा जितका लागि २१४ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको जिम्बाबे एले ३२.१ ओभरमा २१३ रन बनाउँदा सबै विकेट गुमाएको हो । नेपालका लागि डेब्यू म्यान किशोर महतोले ५ विकेट लिएका थिए । विस्फोटक सुरुवात गरेको जिम्बाबेलाई रोक्न नेपाललाई ज्यादै गाह्रो भएको थियो । नेपालका लागि महतो बाहेक अन्य बलर खासै प्रभावशाली बन्न नसकेको आजको खेलमा कप्तान सन्दीप लामिछाने सर्वाधिक असफल बने । उनले ६ ओभरमा ५६ रन दिएर कुनै विकेट लिन सकेनन् । नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले…

Read More