Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र खड्का प्यानलसहित विजयी भएका छन् । उनी १३५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ७५१ मत पाए । राप्रपाका उम्मेदवारले ५२५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले २४९ मत पाए ।

Read More

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा हेलो मेयर कार्यक्रम सुरु हुने भएको छ । नवनिर्वाचित नगर प्रमुख पुस्करराज जोशीले पदभार ग्रहण गर्दै हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने बताएका बताएका हुन् । नागरिकहरुका गुनासो सुन्न हरेक बैतडीशुक्रबार ३ देखि ५ बजेसम्म नगर प्रमुखलाई सिधै गुनासो राख्न सक्ने नगर प्रमुख जोशीले बताए । उनले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राख्ने बताएका छन् । नगरप्रमुख जोशीले शुक्रबार पद तथा गोपनियताको सफथग्रहण गरेका थिए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडा अध्यक्षमा काँग्रेसका प्रेमबहादुर भण्डारी ६६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका नविनसिंह कोलीले ६१० मत ल्याएर पराजित बने । यस्तै सम्पूर्ण वडा सदस्य पनि काँग्रेसबाट विजयी भएका छन् ।

Read More

बैतडी- बैतडीका विभिन्न ठाउँहरुमा शुक्रबार आएको हावाहुरीसँगैको असिनापानीले तरकारीमा क्षति गरेको छ । बन्दा काउली, टमाटर, आलुखेती लगायतका तरकारीहरु नष्ट गरेको हो । जिल्लाको दोगडाकेदार गाउँपालिका, दशरथचन्द, नगरपालिका, पाटन, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका सुर्नया गाउँपालिकाका विभिन्न ठाउँहरुमा असिनापानीले कृषिबालीमा क्षति पुर्याएको स्थानीयहरुले बताइका छन् । हावाहुरीले जिल्लाका केही ठाँउका घर विद्यालय गाउँघर स्वास्थ्य क्लिनिक भवनको छानो समेत उडाएको बताएको छ ।

Read More

मकवानपुर- मकवानपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ४ च २३१५ नम्बरको गाडी जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी ड्याम नजिक सिमखोला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये हेटौँडा अस्पतालमा पुर्याइएका तीन जना र एक जनाको काठमाडौंमा रहेको ट्रमा सेन्टरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । जिल्लाको कृष्णपुर–४ मा आफ्नै देवरबाट महिला कटिएकी हुन् । कुटपिटबाट महिलाको टाउको र शरीरमा चोटपटक लागेको छ । उनको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहको छ । एकल महिलासमेत रहेकी महिलाले माइती देउताको बोक्सी लगाएको भन्दै लामो समयदेखि आफूमाथि कुटपिट हुँदै आएको बताएकी छन् । घरमा काम गर्दै गरेको अवस्थामा गाली गर्दै एक्कासी देवरले भाटाले आक्रमण गरेपछि आफू बेहोस भएको उनको भनाइ छ । पीडित महिलाका दुई छोरी र एक छोरा छन् । ठाडो उजुरीका आधारमा कुटपिटमा संलग्न व्यक्तिलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये अहिलेसम्म ८१ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ३६ पालिकामा विजयी हुँदै नेपाली काँग्रेसले पहिलो स्थानमा रहेको छ भने २४ पालिकामा जित निकाल्दै एमाले दोस्रो र १४ पालिकामा जित निकाल्दै नेकपा माओवादी तेस्रो स्थानमा रहेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ४, एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवार १ पालिकामा विजयी भएका छन् ।प्रदेशका ७ पालिकामा अझै नतिजा आउन बाँकी छ । जस मध्ये ४ पालिकामा अहिले कांंग्रेसले अग्रता कायम गरेको छ । कञ्चनपुरका पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र अछामको साँफेबगर नगरपालिकामा कांग्रेस अगाडि छ । प्रदेशको एक मात्रै महानगरपालिका धनगढीमा…

Read More

कैलाली- काठमाडौंमा ८ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा शनिबार कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ । युवतीहरुको समूहले धनगढीको चौराहाबाट एलएन चोक हुँदै मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो। सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । सडकदेखि सदनसम्म बलात्कारको विषय उठेपछि प्रहरीले पनि यसतर्फ चासो दिएको छ । प्रहरीले बलात्कार आरोपी एक जनालाई पक्राउसमेत गरिसकेको छ ।

Read More

कैलाली- कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधिसहित ४ जनालाई पक्राउ गरेको छ । शनिवार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक रहेका छन् । प्रहरीले उनीहरुको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला पारेको जनाएको छ । पक्राउ परेका चारैजना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको सशस्त्र प्रहरील गणले जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत शनिवार सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रीकेट एकेडेमी र लिटल फ्लावर क्रीकेट क्लब विजयी भएका छन् । शनिवारको पहिलो खेलमा बलरहरू चम्किँदा महेन्द्रनगर क्रीकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । धनगढी क्रीकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६।३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनाउन सक्यो । १ सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदान उत्रिएको धनगढी क्रीकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पुरै…

Read More