Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले बढ्दै छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार नै बढ्दै ७६ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार २७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

मकवानपुर – बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप ५० हजार दिने गरी कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीलाई उपचारका लागि रु ५० हजार दिने निर्णय गरेको थियो । तर कार्यविधि नबन्दा सर्वसाधारण नागरिकले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गरी आजै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका छन्।…

Read More

काठमाडौं – स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँ महानगरपालिकाको कोर सिटीमा पनि अग्रता कायम गरेका छन् । उनले मेयरमा २७ हजार ९६७ ल्याएका छन्। यस्तै, दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ७८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १३ हजार ४३९ मत ल्याएकी छन् । वडा नम्बर २७ को मतगणना सकिएपछि शुक्रबार भर्खरै वडा नम्बर २६ को मतगणना सुरु भएको छ । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत पाएकी छन् । उनले सुरुवातदेखिनै आफ्नो फराकिलो अग्रता कायम गरेकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका…

Read More

विराटनगर –  महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । उहाँले ६ हजार १४८ मतले अग्रता लिइरहनुभएको छ ।     जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले)की उम्मेदवार शिल्पानिराला कार्कीभन्दा नौ हजार २७९ मतले पछाडि रहनुभएको छ । पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, एमालेका सागर थापाले १८ हजार ४१५, स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ६०२ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार…

Read More

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले पराजित भएको छ । प्रमुखमा एमालेलाई पछाडि पार्दै राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका हुन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएको निर्वाचन अधिकृत केशव प्रसाद पन्तले बताए । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकीछन्। उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।

Read More

काठमाडौं – पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५५३१ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा देवी कुर्मी ३३४५ मत ल्याइन्। त्यसैगरी जनता समाजवादी पार्टी ९जसपा० की जलेखा खातुनले ३१२३ मत ल्याएर तेस्रो भएकी छन्। खातुन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी हुन्। मुख्यमन्त्री राउतले आफ्नी पत्नीलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले पार्टी परित्याग गरेकी थिइन्। उपाध्यक्षको टिकट आफूले पाउनुपर्ने उनको माग…

Read More

काठमाडाैं – ७५३ स्थानीय तहमध्ये शुक्रबार बिहानसम्म देशभरका ६ सय २६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। र्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म कांग्रेसले दुई सय ७९ स्थानीय तहमा प्रमुख जितेको छ भने ४३ स्थानीय तहमा अग्रता कायम राखेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा पछि परेको छ। एमालेले अहिलेसम्म एक सय ७३ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका २८ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्। माओवादी केन्द्रले अहिलेसम्म ११२ स्थानीय तहको प्रमुख जितेको छ भने १२ पालिकामा…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । ललितपुर हात्तीबनस्थित यादव निवासमा भएको भेटमा नागरिकता विधेयक, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । ‘समसामयिक राजनीति, संघीय संसद्लाई सुरु गर्ने र सरकारको नीति तथा कार्यक्रम तथा संसदमा पेस गर्न लागिएका विभिन्न विधेयकबारे भेटमा छलफल भयो,’ भेटबारे गृहमन्त्री खाँणले भने, “छलफल सकारात्मक भएको छ ।’ प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबिचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषय भेटको प्रमुख उद्देश्य थियो । दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा…

Read More

काठमाडौं- ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गनेर सकिंदा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थप फराकिलो बनाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजार भन्दा बढी मत अन्तरले अघि छन् । निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन् ।

Read More

बैतडी- बैतडीमा कांग्रेसको विजय भोजमा झडप भएको छ । जिल्लाको सिगासमा वडाध्यक्ष कृष्णसिंह धामीसहित सदस्यहरुको विजयी भोजमा दुई समूहबीच झडप भएको हो । मदिरा सेवन गरेका नेता, कार्यर्ता र स्थानीयबीच विवाद भएपछि झडपको अवस्था पैदा भएको थियो । विवाद भएपछि पूर्व वडा सदस्य तथा कांग्रेसका स्थानीय नेता टेक विश्वकर्मा र उनका भाइहरुले चन्द्र बिक लगायतका स्थानीयमाथि कुटपिट गरेको उनका आफन्तले बताएका छन् ।

Read More