Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी र उनीहरुको परिवारको हितका लागि विभिन्न निर्णय गरेको छ । सशस्त्र महानिरीक्षक राजु अर्यालको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले विभिन्न १० निर्णय गरेको हो । बुधबार बसेको बैठकले सशस्त्र कर्मचारीलगायत उनीहरुको परिवारका साथै उनीहरुको जीवनवृत्तिको विकासका लागि विभिन्न निर्णयहरु गरी कार्यान्वयन गर्नका लागि निर्देशन समेत दिएको छ । जसअनुसार जुनियर अधिकृत तथा बिल्लादारलगायतलाई विभिन्न प्रमाणपत्र उपलब्ध गराउने, सशस्त्र प्रहरी कर्मचारीको बृहत्तर सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवाहरु प्रदान गर्ने, सशस्त्रका परिचरहरुलाई जवान सरहको फ्रिस्केलका सामानलगायतका, पोशाकलगायतको सुविधा दिने लगायतको निर्णयहरु गरेको छ । बैठकबाट विभिन्न १० निर्णयहरु गरी कार्यार्थका लागि निर्देशन दिएको सशस्त्रका प्रवक्ता प्रहरी…

Read More

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ। गएको वैशाख ३१ गते नै बर्दिबास -८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो । निर्वाचन अधिकृतले बर्दिबास -८ मा माओवादी केन्द्रका उम्मेदवार समशेरसिंह लामा एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए । लामाले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए । बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो। मतपत्रले भरिएको मतपेटिका फेला परेपछि मतगणना स्थलमा खैलाबैला मच्चिएको छ। बर्दिबास नगरपालिकाको मतगणना एक सातादेखि बर्दिबासस्थित कभर्ड हलमा चलिरहेको…

Read More

गण्डकी – स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन् । त्यसै गरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटको २२ हजार १२२ मत छ भने एमालेका मञ्जु देवी गुरुङले २२ हजार १३१ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं – सरकारले यस पटक तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । यही १४, १५ र १६ जेठमा सरकारले गणतन्त्र दिवस मनाउने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको ‘गणतन्त्र दिवस २०७९’ मुल समारोह समितिको बैठकले दिवसलाई तीन दिनसम्म विभिन्‍न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । निर्णयअनुसार १४ जेठको साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दिपावली गर्नुपर्ने भएको छ । सरकारले उक्त दिन आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । १५ जेठमा भने हेलिकोप्टरबाट पुष्पबृष्टि र झण्डा प्रदर्शन गरी…

Read More

दार्चुला- दार्चुलाका ९ वटै स्थानीय तहमा निर्वाचित भएका पालिका प्रमुखहरुले विहिबार शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन्। नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्नेछन्। दार्चुलामा दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तहको प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् भने चार गाउँपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । महाकाली नगरपालिकाको प्रमुखमा एमालेका नरसिंह चैसीर, शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेका विजयसिंह धामी, व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी, दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्र सिह बडाल, मालिकार्जुन…

Read More

चितवन – भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रेणु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छिन् । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाएकी हुन् । दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन् । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेका छन् । छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र…

Read More

बुटवल – बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ । बुटवलमा नेपाली काँग्रेसले मेयरमा लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ ।

Read More

झापा – प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो । जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताए। पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबारबाट छलफल सुरु भएको हो । बिहीबार छलफल सुरु भइसक्दा पनि अर्थमन्त्री शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । त्यसपछि सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई बैठकमा उपस्थित हुन र उनको अनुपस्थित रहुन्जेलसम्म उपस्थित अन्य मन्त्रीले टिपोट गरेर रिपोर्टिङ गर्न पनि निर्देशन दिए । यसपछि…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको घरमा पुत्री लाभ भएको छ । मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला घरमा पुत्री लाभ भएकोमा उनका समर्थक एवं शुभचिन्तकहरुले शुभ संकेत भन्दै बधाई दिइरहेका छन् । बालेन पछिल्लो अपटेडअनुसार काठमाडौं महानगर प्रमुखमा प्रतिस्पर्धी केशव स्थापित र सिर्जना सिंहभन्दा करिब दोब्बर मतले अगाडि रहेका छन् । उनले प्रत्येक अपडेटमा मतान्तर बढाउँदै गरेका छन्

Read More