Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।

Read More

विराटनगर – विराटनगर महानगरपालिकाको मतगणना शुरू भएको छ । ६ वडाको एकैसाथ मतगणना शुरू गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १, २, १६, १७, १८ र १९ नम्बर वडामा एकैसाथ शुरू गरिएको हाे । आदर्श माध्यमिक विद्यालयका ६ कोठामा एकैसाथ मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए । १ लाख ३३ हजार १४२ मतदाता रहेका विराटनगरमा ८९ हजार ८९६ मत खसेको थियो ।

Read More

ललितपुर – ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि विवाद बढ्दा मतगणना स्थगित भएको हो । १ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बुझिएको छ ।

Read More

कञ्चनपुर – लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Read More

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानल सहित बिजयी भएका छन् । माओवादीका उम्मेदवार कुवर पधान संग २ सय पचास मत अन्तरले काँग्रेसका उम्मेदवार भट्ट बिजयी भएको जनाईएको छ ।

Read More

ललितपुर – ललितपुर महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएकाे छ । बिहान बसेकाे सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेकाे हाे । ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ। महानगरमा कुल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् । ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कुल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएको छ हो। प्रदेशका ८८ मध्ये २५ पालिकाको प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ। यस्तै काँग्रेसले ९ र माओवादी केन्द्रले ५ पालिकामा अग्रता लिएको छ। बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ। यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी,…

Read More

डडेल्धुरा- प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । काँग्रेसलाई एमालेसंग तालमेल गरेको काँग्रेस (बीपी)ले पछ्याइरहेको छ । ७०५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ३२० र नेपाली काँग्रेस (बीपी)का उम्मेदवार हरि भट्टले २८४ मत पाएका छन् । अन्य उम्मेदवारले भने १० मत पनि कटाउन सकेका छैनन् । डडेलधुरामा कांग्रेसको महाधिवेशनसँगै विवाद सुरु भएपछि असन्तुष्ट समूह नेपाली काँग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको छ । कांग्रेस (वीपी)ले अमगरगढीसहित जिल्लाका विभिन्न पालिकामा एमालेसंग तालमेल गरेको छ ।

Read More

जनकपुर- जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार ४०० मतगणना हुँदा प्रमुख पदमा काँग्रेसका बागी उम्मेदवार मनोज साहले १३५ ल्याएर अग्रता कायम गरेका छन् । दोस्रोमा एमालेका शिवशंकर साहले ४५ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व माओवादी नेता बलराम महतोले ३३ मत ल्याएका छन् । यस्तै निवर्तमान मेयर जसपाका लालकिशोर साहले २८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जानकारीराम साहले १९ मत पाएका छन् । लोसपाका मनोज चौधरीले १८ मत पाएका छन् । यस्तै उपमेयर तर्फ काँग्रेसले १६२ मत, एमालेले ४६ मत, लोसपाले २३ मत, स्वतन्त्र उम्मेदवारले २६ मत पाएका छन् ।

Read More

मनाङ- मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् । उनले ३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

Read More