Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा चट्याङ पर्दा एक जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१० घूईयाघाटका ७६ वर्षीय हरीलाल राना घाइते भएका हुन। राना सोमबार घरमै बसिरहेको अवस्थामा चट्याङ पर्दा घाइते भएका हुन। घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि सकिएन। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा मंगलबार दिनभर बहस भए पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। गत असार ७ गते पनि यही इजलासमा दिनभरजसो सुनुवाइ भएको थियो। लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध समेत जाहेरी परेको दाबी गर्दै उनी गृहमन्त्रीका रूपमा रहन नमिल्ने जिकिर रिटमा गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नपरेको भनी पत्र लेखेको थियो। उक्त पत्रको वैधानिकता जाँच हुनुपर्ने जिकिर पनि रिटमा गरिएको छ।…

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाइएको छ।  थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको हो। न्यायाधीश शकुन्तला कार्कीृको इजलासमा सुनुवाइ भएको थियो।  नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोग उनीमाथि छ।  उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ। यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ। उनी काठमाडौँको नक्सालस्थित नीलगिरि होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोगपत्रमा उल्लेख छ।

Read More

धनगढी : पछिल्लो समय एकपछि अर्को टेलिभिजन टाट पल्टिएको रेकर्डहरु सार्वजनिक भैरहेका छन्। कोभिडपछि धरासयी बनेको सञ्चार क्षेत्र अहिलेसम्म माथि उठ्न सकेको छैन। अर्थ र विज्ञापन बजार ओरालो लागेपछि केही टेलिभिजन र पत्रीका लगायतका सञ्चारमाध्यम बन्द हुने अवस्थामा छन् भने केहीले कर्मचारीलाई तलबै दिन नसक्ने अवस्थामा छन्। अस्तिमात्रै नेपालकै ठूलो टेलिभिजन मानिने भाष्करराज राजकर्णिकारको एभिन्युज टेलिभिजन टाट पल्टिएको खबर आएको थियो। सो टेलिभिजनले आर्थिक संकटले टाट पल्टिएपछि आफ्नक स्थापना कालदेखि रहेका व्युरो कार्यालयहरु खारेज नै गरेको सार्वजनिक सूचना जारी गरेको थियो। त्यसका साथै टेलिभिजनका कर्मचारी कटौती गर्नेदेखि तलब नदिनेसम्मका समस्या टेलिभिजनले झेल्दै आएको थियो। यहीँ क्रममा सुदूरपश्चिमतिरका सञ्चालक रहेको टिभी…

Read More

काठमाडौं : प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएसँगै प्रहरी संगठत पनि तरंगित भएको छ । कांग्रेस–एमालेको सरकार बन्ने भएपछि कांग्रेस निकट प्रहरी अधिकारीहरु उत्साहित भएका छन् । केपी ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसले गृहमन्त्री पाउने बताइएको छ । साथै सरकार ढलसँगै एक साताअघिको बढुवा सिफारिस समेत कार्यान्वायन हुने–नहुनेमा आशंका व्यक्त गरिएको छ । गत १० असारमा डिआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो । १९ गतेबाट एआइजी उमेशराज जोशीले अवकाश पाएर रिक्त हुने पदमा उनको सिफारिस भएको थियो । उमेरहदका आधारमा पोखरेलले पनि २१ असारमा अवकाश पाउँदैछन् । त्यसकारण १९ गते नै उनको बढुवाको निर्णय भइसक्नुपर्ने हुन्छ…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो। कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो। त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ। तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस (सुरक्षित घर) निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन्। कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ। महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए। ‘विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गथ्र्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो’, सुनारले भने– ‘यसपाली नेपाली सेनाले वस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास…

Read More

धनगढी : शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका– ५ का ४५ वर्षीय डम्बरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए । जंगलमा घाइते फेला परेका उनको उपचारका क्रममा धनगढीमा मृत्यु भएको थियो । निर्माण व्यवसायी भट्ट पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको छ । निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको उनी निकट साथीहरूलाई बताउँदै आएका छन् । देवभूमि कन्स्ट्रक्सनका सञ्चालक रहेका उनको मृत्यु प्रकरणबारे सूक्ष्म अनुुसन्धान गर्न भन्दै निर्माण व्यवसायी संघ डडेल्धुराले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सोही घटनाबारे मृतक डम्बरदेवकी छोरी कुसुमले पनि आफ्नो बुवाको हत्या राज्यलेनै गरेको…

Read More

काठमाडौं : नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए। उनका अनुसार बैठक ५/६ बजेतिर बस्नेछ। कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि देउवाले संसदमा रहेका विपक्षी दलसँग छलफल गर्न लागेका हुन्।

Read More

धनगढी: रेशमलाल चौधरीकी पत्नी एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले चुनावताकाको उधारो नतिरेको पाइएको छ। रञ्जिता टीकापुरमा चुनाव लड्दाको उधारो रकम नतिरेको पाइएको हो। उनले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिकाको न्यायिक समितिमा उजुरीसमेत परेको छ। रञ्जिताले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिका वडा नं. १ बम ब्रदर्सका प्रनितिधि राजकुमार चौधरीले उजुरी हालेका हुन्। उनले २०७९ मंसिर ०४ गते भएको आम निर्वाचनमा संघिय सांसदमा रञ्जिता श्रेष्ट र प्रदेश सभा सभासदमा लक्ष्मणकिशोर चौधरीले चुनाव लड्दा उधारो मागेका थिए। चुनावी मैदानमा उनीहरूले कार्यकर्ता परिचालनका लागि मोटरसाईकल, जिप, ट्याक्टर प्रयोग गर्दा बम ब्रदर्स टिकापुरबाट पेट्रोल, डिजेलसमेतको गरेर एक लाख अठतीस हजार…

Read More

धनगढी: नेपाल भारत सीमा नजिकैको भारतीय भूमिमा एक व्यापारी आफ्नै घरमा मृत भेटिएका छन्। अस्ति बिहान व्यापारी मृत भेटिएको घटनामा अहिले प्रहरीले तीव्र अनुसन्धान थालेको छ। भारतीय प्रहरीका अनुसार मृतक व्यापारी लखिमपुर खेरी जिल्लाको सम्पूर्णनगर थानाको नेपाल सीमा बजार भानपुरी खजुरियाका कृष्णकुमार सेठी उर्फ ​​बब्लु सेठी रहेका छन्। प्रहरीले उनको शव घरमा शंकास्पद अवस्थामा फेला पारेको थियो। घरमा एक्लै बस्ने व्यवसायी कृष्ण कुमारको शव आइतबार बिहान हात खुट्टा कपडाले बाँधिएको अवस्थामा फेला परेको थियो। सो शव फेला परेपछि स्थानीय त्रसित बनेका छन् भने बजारमा थप प्रहरी परिचालन गरिएको छ। प्रहरीले उनको घरमा लुट भएको र लुटेराले उनको हत्या गरेको हुनसक्ने…

Read More