Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक केही बेरअघि सुरु भएको हो । सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदै छ।

Read More

काठमाडौं – धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भोग्न परेको बताएका छन् । नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको उल्लेख गरे । ‘यहाँ नामको मात्र गठबन्धन भएको थियो । मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ,’ वडले भने, ‘नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ । मेरो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।’ वडले उपमहानगरपालिका पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना दिएका…

Read More

दार्चुला – तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा ल्याउन तयारी थालिएको छ । व्याँस गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल सञ्चालनमा आउन लागेका हुन् । नागरिकको सहजताका लागि निर्माण सम्पन्न ती पुलहरू दुबै देशको समन्वयमा केही दिनभित्रै सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालको तर्फबाट सीमा पुल सञ्चालनमा ल्याउन निर्णय नै भइसकेको उनले बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तर्गत व्याँस–६ बडूगाउँस्थित महाकाली नदीमा गत फागुनमै…

Read More

काठमाडौं – कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो ।

Read More

न्युयोर्क – युक्रेन युद्ध कूटनीतिक माध्यममार्फत मात्र समाधान गर्न सकिने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा उनले युद्ध मैदानमा आफ्नो देश विजयी हुने दाबी गरे । युक्रेनमाथि रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनलाई केन्द्र बनाएर हमला गरेको छ । उनले अगाडि भने, ‘युद्ध वार्ताको टेबलबाट मात्र रोक्न सकिन्छ । ’ यसैबीच, सेभेरोदोनेत्स्क र वरपर भीषण लडाइँ भइरहेको छ । रुसी सेनाले लुहान्स्क क्षेत्रलाई कब्जा गर्न प्रयास गरिरहेको छ । दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भएको लडाइँको अन्त्यपछि रुसी सेना अन्य क्षेत्रमा केन्द्रित छ । रुसीहरूले सेभेरोदोनेत्स्कलाई विस्तारै घेरेपछि त्यहाँ ध्वस्त पारिरहेका…

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् । पछिल्लो मत परिणामअनुसार काठमाडौँ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका हुन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेकी छिन् । भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाएका छन् । काँग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि छिन्।

Read More

काठमाडौं : निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । हालसम्म मतपरिणाम सकिएका पालिकामध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । त्यसपछि ठूलो संख्यामा क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी बनेका छन् । आयोगका अनुसार कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितीसकेको छ भने मतगणना भइरहेकामध्ये १४ पालिकामा अग्रता लिइरहेको छ । यस्तै,…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौं – गत वैशाख ३० गते सम्पन्नस्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ५ महानगरपालिकासहित ५४ पालिकाको अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अद्यावधिक विवरणअनुसार प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जितेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । नतिजा आउन बाँकीमा प्रदेश १ मा झापाका ५, मोरङका २, सुनसरीका ३ र उदयपुरका २ पालिका बाँकी छ । मधेश प्रदेशमा रौतहटका ७, बाराका ४, सप्तरीका ३, सिराहा र धनुषा २-२, महोत्तरी, सर्लाही र पर्साका १-१…

Read More

काठमाडौं – काठमाडौं महानगरको मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरले अग्रता कायमै छ । भर्खरेको अद्यावधिक मतपरिणामअनुसार कांग्रेस र एमालेका उम्मेदवारलाई १७ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेका छन् । बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा बालेनले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।

Read More