काठमाडाैं: दाङमा दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन्। पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन्। उनीहरूमाथि गत असोज २४ गते सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ। सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएपछि स्थानीयले बुधबार गणलाई घेराउ गरेका थिए। बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका थिए। आरोप लागेका दुवैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले बताए। उनले…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: डडेल्धुराका कानून व्यवसायी तथा यातायात व्यवसायी सुरेश थापा पक्राउ परेका छन्। जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका-५ का थापाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपछि मालाखेती प्रहरीले नियन्त्रणमा लिएको हो। १४ असोजमा कैलालीको खानीडाँडामा होटेल संचालन गर्दै आएकी ३० वर्षीया चन्द्रकला सापकोटाले आत्महत्या गरेकी थिइन्। उनका श्रीमानले सापकोटालाई आत्महत्या गर्न बाध्य पारेको भन्दै थापाविरुद्ध जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। गाडी चलाउने क्रममा साहुनी सापकोटा र होटलमा खाना खाने र बस्ने गरेका थापाबीच हिमचिम बढेर सम्बन्ध रहेको बताइएको छ। तर, थापाले भने उक्त आरोप स्वीकार नगरेको प्रहरी स्रोतको दाबी छ। थापाको अत्तरिया-डडेल्धुरा रुटमा विगत…
धनगढी: नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने अतिक्रमित भूमिमा भारतीय पूर्व सेनाका फौज तथा परिवारको टोली गएको छ। यहीँ महिनाको ६ गतेका दिन बहालवाला भारतीय सेनासहित पूर्व सेनाका परिवारहरुको टोली नेपालको अतिक्रति भूमिमा गएको हो। सुरक्षा स्रोतका अनुसार ६ गते ४ बजे दार्चुलाको व्याँस गाउँपालिका १ स्थित माथिल्लो कौवासङ्ग सिमाना जोडिएको भारतद्वारा अतिक्रमित भूमिमा सो टोली गएको हो। उनीहरू प्रस्थान गरेको भूमि हाल भारतको उत्तराखण्ड राज्य पिथौरागढ जिल्ला तहसिल धार्चुला ग्राम सभा गुन्जीमा पर्दछ। अहिले सो नेपाली अतिक्रमित भूमिमा आदिकैलाश, ओम पर्वत, कैलाश मानसरोवर समेत पर्दछन्। सो सेनाको टोली त्यहीँ दर्शन गर्न गएको बताइएको छ। जसका लागि पिथौरागढमा भारतीय भूतपूर्व…
काठमाडौं: कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ छानबिनमा तानिएका छन्। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीसँग स्पष्टीकरण सोधेका छन्। मोरङका तत्कालीन एसपी नवराज कार्कीले अनलाइन जुवा तथा क्रिप्टोकारोबार गर्ने समूहलाई धम्काएर पैसा असुलेको आरोप छ। त्यससम्बन्धी डिल एसपीका घुमुवाले गरेका थिए। बदनाम रहेका ती घुमुवालाई हटाउन आइजीपीले डीआइजी खापुङलाई पहिले नै भनेका थिए। तर, मोरङमा खटाएको पाइएपछि आक्रोशित भएर आईजीपीले डीआईजी खापुङलाई स्पष्टीकरण मागेका हुन्। र, यो पनि: एसपी कार्कीले २२ लाख घुस लिएको इन्सपेक्टरको बयान, त्यसपछि हेडक्वाटर चलान
धनगढी: कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। उनीहरूलाई ४७ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहितपक्राउ गरिएको हो। टीकापुर नगरपालिका-२ बिजयनगर बस्ने २३ वर्षीय मखन चौधरी, गोदावरी नगरपालिका-१ अत्तरियामा स्थित चुरे गाउँपालिका वडा नम्बर ३ बस्ने २१ वर्षीय निराजन शाह, धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जीपमा सवार डोटी जोरायल गाउँपालिका-२ भट्टेखोला बस्ने बर्ष २४ वर्षीय दीपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्टलाई पक्राउ गरिएको हो । बिष्ट दुबै जनालाई अस्थायी प्रहरी पोष्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।दीपक बिष्टको गोजीबाट कालो पोलिथिनमा बाधेको दुई ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ।…
दार्चुलाः भिरबाट लडेर पूर्ववडासदस्यको मृत्यु भएको छ। बुधबार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागाको भिरबाट लडेर मृत्यु भएको हो। डागा साविकको ग्वानी गाविस– ७ नम्बर वडाका २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य हुन्।
धनगढीः कैलालीबाट ८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ मुक्ति शिबिर स्थित जंगलको खुल्ला चौरबाट गोदावरी नगरपालिका–३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनारसहित ८ जना पक्राउ परेका हुन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नगद ३५ हजार ७७२ र २ गड्डी ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
धनगढीः ‘१२ गाउँ’ फिल्मका निर्देशक तथा नायक विराज भट्ट आज धनगढी आउँदै छन्। उनी ‘१२ गाउँ’ का नायक समेत रहेका छोरा समीर भट्टसँगै बिहीबार धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेका हुन्। एसटिएस सिनेमा हलमा उनीहरु दुवै जना दर्शकसँगै १२ गाउँ हेर्नेछन्। भट्टले १२ गाउँ फिल्म र आफूलाई टिमलाई माया गर्ने दर्शकहरुलाई भेट्न धनगढी आउन लागेको बताए। सामाजिक संजाल फेसबुकमा भट्टले जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत दिएका छन्। फिल्म रिलिजको दोस्रो हप्तासम्म आइपुग्दा दर्शकको निकै ठूलो साथ र उत्साह पाएको उनको भनाई छ।
डडेल्धुरा: डडेल्धुराका व्यवसायी खेमसिंंह प्वाली मृत भेटिएका छन्। सोमबारदेखि बेपत्ता रहेका प्वाली बुधबार मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ। सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको हो। सो क्रममा प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो। घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए।
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न कार्यालयका प्रमुखसहित कर्मचारीको सरुवा गरेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार इन्जिनियरङ सेवाका चार, वन सेवाका चार, स्वास्थ्य सेवाका एक, प्रशासन सेवातर्फ सातौं र आठौं तहका सात, प्रशासन सेवातर्फ चौथो, पाँचौ र छैठौं तहका २८ गरी ४४ जना कर्मचारीको सरुवा गरिएको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटीका प्रमुख ग्रिष्म थापाको कैलाली डिभिजनमा सरुवा भएको छ। यस्तै, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका प्रमुख डम्मरप्रसाद धितालको कैलाली डिभिजन, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलालीका प्रमुख अमरबहादुर पालको डडेल्धुरा, सोही कार्यालयको डडेल्धुरा…