Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्धति मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई निर्देशन दिएका छन् । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो । वित्तीय अनुशासन कायम गर्न/गराउन लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण छ,’ अर्थमन्त्री शर्माले भने, ‘लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाब-किताबमा मात्रै सीमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्छ ।’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उक्त अवसरमा सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक कत्ति पनि विमुख…

Read More

गोरखा – गोरखा नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार आचारसंहिता उल्लंघन भएकाे भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’ सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयाेग गरेकाे आराेपसहित माैखिक उजुरी परेकाे बरालले जानकारी दिए ।

Read More

एजेन्सी – चीनको शंघाई केयर होमका एक वृद्ध बिरामीलाई मृत ठानेर त्यहाँका कर्मचारीले उनको शरीरलाई प्याक गरेर अन्तिम संस्कारका लागि पठाएको घटना सार्वजनिक भएको छ । शवगृहका दुई कर्मचारीले वृद्धालाई अन्तिम संस्कारका लागि गाडीबाट बाहिर निकाल्ने क्रममा उनी जीवित नै भएको थाहा पाए । कर्मचारीले ती वृद्धा जीवित नै भएको जानकारी अन्य कर्मचारीलाई दिएपछि उनलाई अस्पताल पठाइएको छ । घटना सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्रशासनले केयर होमका चार अधिकारीलाई जागिरबाट निकालेको छ । यो घटनाले चिनियाँ सोसल मिडियामा आक्रोशको माहौल पैदा भएको छ । शंघाई जिल्लाको पुटुओ शहरका अधिकारीले सोमबार अबेर राती यो घटनाको पुष्टि गरेका छन् । उनले बिरामीलाई…

Read More

हेटौंडा – पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ । हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी वार्षिक ३०० युनिट सम्मको बिजुली निशुल्क गर्ने, बाइपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्नेसमेत उल्लेख गरिएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मत बदर हुने सम्भावनालाई मध्यनजर गर्दै विचार पुर्‍याएर मतदान गर्न आग्रह गरेको छ । आयोगका मत बदर हुने अवस्था यसप्रकार छ– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सब्केत गरिएको,– मत सब्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत सब्केत गरिएको,– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सब्केत गरिएको,– कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सब्केत नगरिएको,– निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत…

Read More

काठमाडौं- संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुअरीयता युक्रेनमा जारी रुसी आक्रमणमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएकोहोछ । यद्यपि युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरको भनाइ छ । शुक्रबार यता मात्रै २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विष्फोटक हतियारहरूबाट मारिएको ओएचसीएचआरलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । रुसले युक्रेनमा जारी आफ्नो सैनिक गतिविधिलाई ‘युक्रेनलाई निशस्त्रीकरण’ र ‘अनाजीकरण’ विरुद्ध ‘विशेष कारवाही’ बताउँदै आएको छ । यद्यपि यस्तो रुसी दाबीलाई युक्रेन र पश्चिमा मुलुकहरुले निराधार बताउँदै आएका छन् ।

Read More

काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । भरतपुरको हाकिम चोकमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूले पनि उक्त आमसभामा सम्बोधन गर्ने छन् । भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रकी रेणु दाहाल…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ । उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ । काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ । उजूरी १६ वैशाखमा दर्ता गरिएको छ । उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले नेपाल प्रहरीको प्रमुख बढुवालाई विवादित बनाउन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एवं पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले भने, “एआईजीबाटै आईजीपी बनाउने हो । समय क्रममा कोही सिनियर हुन्छ, कोही जुनियर हुन्छ । तीनै जना एआईजीको भर्ती मिति सँगसँगै देखिन्छ । सरकारले आफ्नो समग्र सुरक्षा नीति कार्यान्वयन गर्न उपयुक्त व्यक्ति सोच्नुलाई अन्यथा ठान्नु हुन्न । म सैद्धान्तिक कुरा गर्छु, ठीक वा बेठीक भन्दिनँ ।” बस्नेतले स्थानीय निर्वाचन जित्नका लागि प्रहरी अधिकारीको बढुवा नहुने पनि स्पष्ट पारे । उनले भने,…

Read More

काठमाडौं – कांग्रेसले बागीलाई कारबाहीबाट बच्न तीन दिनको मौका दिएको छ । तीन दिनभित्र उम्मेदवार नरहेको घोषणा गरे बागीलाई कारबाही नगर्ने कांग्रेसले स्पष्ट पारेको छ । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार र गठबन्धनका तर्फबाट उठाइएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएकालाई कांग्रेसले यस्तो मौका दिएको हो । यस्तो अवसर सदुपयोग गरे बागीका प्रस्तावक र समर्थकमाथिको कारबाही पनि रोकिने काँग्रेसले जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले २१ वैशाखभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्न निर्देशन दिएका छन् । ‘वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने विद्रोही…

Read More