Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा गठबन्धन दलले बागी उम्मेदवारी दिएका व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । गठबन्धनले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा बागी उम्मेदवारी दिएर फिर्ता नलिएका व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिएको हो । जारी विज्ञप्ति अनुसार नेकपा एकीकृत समाजबादीको तर्फबाट चुरेमा उपाध्यक्ष पदमा मनोनयन दिएका कृष्णकुमार खत्री, नेकपा माओवादी केन्द्रका चुरेका अध्यक्षका उम्मेदवार टेकबहादुर रजबार, सोही पार्टीका उपाध्यक्षका उम्मेदवार डिला सिजापती, कैलारी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार राजसमझ चौधरी, सोही पालिकामा माओवादी केन्द्रको तर्फका उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा गठबन्धनका उम्मेदवार नभएको भनिएको छ । यस्तै नेपाली काङ्ग्रेसको तर्फबाट जोशीपुर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार किरण चौधरी र…

Read More

डडेल्धुरा- डडेल्धुरामा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । जिल्लाको अजयमेरु गाउँपालिका–६ मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका हिक्मतबहादुर भण्डारी कार्यकर्तासहित सोमबार काँग्रेसमा प्रवेश गरेका हुन् । वडा नं. ६ को राजुलमा आयोजित नेपाली काँग्रेसको चुनावी कार्यक्रममा भण्डारी सहित अन्य वडा स्तरका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको गाउँपालिका अध्यक्षका उम्मेदवार टेकराज पाण्डेयले बताए । काँग्रेसबाट गाउँपालिका अध्यक्ष बनेका पाण्डेय सहित उपाध्यक्षका उम्मेदवार बसन्ती पाल, वडा अध्यक्षका उम्मेदवार हरि भण्डारी लगायतका काँग्रेस नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गरे ।

Read More

कैलाली- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा चुनावी गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा माओबादीले संयुक्त रुपमा २२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छन् । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भ्रष्टाचार नगर्ने संकल्पसहित गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । उक्त प्रतिवद्धता पत्रमा धनगढीको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन लगायतका विभिन्न नीति तथा योजनाहरु उल्लेख छन् । धनगढीमागठबन्धन दलबाट मेयरमा नेपाली काँग्रेसको तर्फबाट नृप बहादुर वड उपमेयरमा माओवादीका तर्फबाट शान्ति कुमारी अधिकारी चुनावी मैदानमा छन् । वडामा भने गठबन्धन दलहरुबीच मित्रवत प्रतिस्पर्धा हुनेछ । २२ बुँदे प्रतिबद्धतापत्र :

Read More

दार्चुला – दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत (कोठेधार–टिकर) खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको छ । १४ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सडक निर्माणको जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयबमोजिम २८ वैशाख २०७७ बाट उक्त क्षेत्रमा सडक निर्माणका लागि नेपाली सेनालाई परिचालन गरिएको थियो । सेना परिचाल भएको एक वर्षमै २०७७÷०७८ मा सुनसेरा तथा दुम्लिङ्गामा क्याम्प निर्माण सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ । साथै १० माघ २०७८ को मन्त्रिपरिषद्को निर्णयबमोजिम तुसारपानी–कोठेधारसम्मको पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम पनि नेपाली सेनाले धमाधम गरिरहेको छ । पाँच किमि सडकको ट्रयाक खोल्ने…

Read More

काठमाडौं – नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिवाकर मैनाली सम्मानित भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पत्रिका दैनिकका पत्रकार मैनालीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेकी हुन् । पत्रकार विजयरत्न तुलाधर पनि नातिकाजी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्य सम्मानित भएकी छन् । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बीबी थापा (रचना), नारयाणदास कार्की ढली (बाद्यबादन), शिला पनत (रचना), सीताराम पोखरेल (गायन/रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त…

Read More

काठमाडाैं – मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) १५ सय रिंगिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी आधारभूत तलब बढाएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न एक सूचना जारी गर्दै दूतावासले म्यानपावरहरुलाई आग्रह गरेको छ । यस्तै योभन्दा पहिलेदेखि नै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रहरुमा पनि मागपत्र र सम्झौतापत्रका…

Read More

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

Read More

काठमाडौँ- राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघद्वारा यहाँ आज आयोजित ‘अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचका अवस्था लेखाजोखा रुजुसूचीमाथिको छलफल’ कार्यक्रममा महासङ्घका महासचिव सन्तोष केसीले साङ्केतिक भाषाका शब्द चार हजार ७०० मात्रै रहेकाले यो भाषाको विकास गर्न साङ्केतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न सरकारसमक्ष आग्रह गरे। त्यसैगरी महासङ्घले ७५३ वटै स्थानीय तहमा दोभाषेको व्यवस्था र हरेक सार्वजनिक कार्यालयमा दोभासेको व्यवस्था गर्नुपर्ने र त्यसको लागि दोभासे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बहिरा व्यक्तिको सीप, क्षमता र आवश्यकताको आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ । महासङ्घले नेपालमा अपाङ्गता…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआरबाट ८ र एन्टिजेन परीक्षणबाट १ जनाका संक्रमण देखिएको छ । २४ घण्टामा ३ हजार ३३३ पीसीआर परीक्षण गरिएको छ भने ९२२ एन्टिजेन परीक्षण गरिएको छ । जम्मा परीक्षण ४ हजार २५५ रहेको मन्त्रालयले जनाएको छ । १८ जना कोरोनामुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २११ मा झरेको छ ।

Read More

काठमाडौं – नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए । वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो । एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो । तर, सफल हुन सकेन। तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ ।…

Read More