Author: महेन्द्रनगर पोष्ट

डाेटी – बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बिहीबार बिहान ५ बजे दुर्घटनामा परेको हो । प्रहरी उपरीक्षक शारदाप्रसाद चाैधरीका अनुसार बस सडकबाट करिब २० मिटर तल खसेकाे छ । घाइतेमध्ये ६ जनालाई जिल्ला अस्पताल डाेटी पुराएर उपचार भइरहेकाे छ । अन्य घाइतेहरूकाे अवस्था सामान्य रहेकाे छ ।

Read More

काभ्रे – स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेप्लाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए। त्यससँगै निर्वाचर्नलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित बातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ। निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यही वैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा…

Read More

दाङ – नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्व-पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई पक्राउ गर्ने नीति नभएको र सामान्य सोधपुछका लागि मात्रै नियन्त्रणमा राखेको प्रहरी स्रोतको भनाइ छ । बास्तोलाको साथमा सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तान पनि छन् । नेत्रविक्रम चन्दले कारबाही गरेपछि बास्तोला र हेमन्तप्रकाश वलीले उल्टै चन्दलाई कारबाही गरी नेकपा बहुमत गठन गरेका थिए । चन्द विभिन्न ठाउँमा स्वतन्त्र उम्मेद्वार बनाएर निर्वाचनमा सहभागी भएका छन् ।

Read More

तनहुँ – स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणनास्थल तयार गरिएको छ। सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेको हो। निर्वाचनपश्चात् मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य पालिकाकामा तारबारसहित मतगणनास्थल सुरक्षित पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ। व्यास नगरपालिकाको मतगणनाका लागि जिल्ला समन्वय समितिको तीन वटा कोठामा मतगणनास्थल तयार गरी एकैपटक मतगणनाका लागि बाँसको घेराबार लगाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले जानकारी दिए। त्यहाँ सिसी क्यामेरा जडान गरिएको छ। ‘सबैलाई चित्तबुझ्दो हुने गरी भरपर्दो र सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाएका छौँ’, उनले भने, ‘स्थानीयस्तरमै पाइने…

Read More

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो । “मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छाँै, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ”, उहाँले भन्नुभयो, “घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।” धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र…

Read More

काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले २०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेशका ९ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ । प्रदेश निर्वाचन कार्याललयका निमित्त प्रमुख प्रेमराज भट्टले प्रदेशका सबै मतदान केन्द्रहरुमा आवश्यक सामग्रीसहित कर्मचारीहरु मङ्गलबार नै खटिसकेका बताए । उनले मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले बिहीबार (आज)सम्म मतदाता परिचयपत्र वितरण, निर्माणको कार्य गर्ने बताए । स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम अन्तिम चरणमा छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ । प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक खटिएका छन्…

Read More

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने क्रियाकलाप गरेको आरोपमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगमा उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ । साथै उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको आरोप छ ।

Read More

काठमाडौं- मादक पदार्थ खाएका व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ । मतदाता नै भए पनि मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन निर्वाचन आयोगले मतदाताले मतदान अधिकृतलाई निर्देशन दिएको छ । यस्तै मतदाता वा कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर तथा एसिडजस्ता प्रज्ज्वलनशील पदार्थ लग्न नपाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जानिने वस्तुपनि लग्न पाइने छैन । आयोगले मतदान केन्द्रमा निषेधित गतिविधि भए कारबाही गर्ने चेतावनी दिएको…

Read More

दाङ- नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । उनी यसअघि मृत्यु भएका अध्यक्षकै उम्मेदवार प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको हो । उनले बुधबार मनोनयन दर्ता गराएका छन् । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ ।

Read More