काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने क्रियाकलाप गरेको आरोपमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आयोगमा उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ ।
साथै उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकाका एमाले उम्मेदवार दुर्गादत्त ओझाको चरित्र गर्ने खालका भिडियो सार्वजनिक स्थलमा राखेको आरोप छ ।
Facebook Comments Box