दाङ– नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । उनी यसअघि मृत्यु भएका अध्यक्षकै उम्मेदवार प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।
एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको हो ।
उनले बुधबार मनोनयन दर्ता गराएका छन् । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ ।
Facebook Comments Box