Author: महेन्द्रनगर पोष्ट

अछाम- अछाममा एक सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । अम्बकला बिरामी भएको थाहा पाएपछि स्थानीयले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्‍याएका थिए । स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि वडा, पालिका र जिल्ला प्रशासनको समन्वयमा सुर्खेत पठाएको समाजसेवी तथा नेकपा एमालेकी नेतृ धर्मिन्द्रा शाहले जानकारी दिइन् । बिकले शुक्रबार बिहान बाटुलासैन स्वास्थ्य चौकीमा छोरीलाई जन्मदिए पश्चात् रक्तस्रावका कारण स्वास्थ्यमा जटिलता आएको थियो । उनलाई उद्धार गरेर प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको महिला स्वास्थ्य स्वयंसेविका मनसरादेबी खत्रीले जानकारी दिइन् ।…

Read More

बाजुरा- बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजबादी)का कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बढिनन्दा नगरपालिका–९ मा पाण्डुसैनमा भएको झडपमा १६ जना प्रहरीसहित २० जना घाइते भएका छन् । नेकपा एकीकृत समाजबादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि दुई पक्षबीच दोहोरो झडप भएको बाजुरा प्रहरीले जनाएको छ । झडपका क्रममा एकीकृत समाजबादी पार्टीका जिल्ला सचिव पुरबहादुर रावतमाथि चक्कु प्रहार भएको छ । रावतसहित एकीकृत समाजबादीका दुई र कांग्रेसका दुई जना घाइते भएका छन् । कांग्रेस कार्यकर्ताले समाजवादीका कार्यकर्ताहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी चौकी तोडफोड गरेका छन् । चौकी तोडफोड हुन थालेपछि प्रहरीले हवाई फायर गरेको बाजुरा प्रहरीका…

Read More

बैतडी- बैतडीमा स्थानीय तहको निर्वाचनमा मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको सर्वपक्षीय बैठकले आगामी आइतबारबाट निर्वाचनको मत परिणाम नआउन्जेलसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा सुरक्षा निकायका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, व्यापारीहरूको सहभागिता रहेको थियो । निर्वाचन आचारसंहितामा पनि २७ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने कुरा उल्लेख गरिएको छ । बैतडीमा भने एकदिन अघिबाटै रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी…

Read More

दार्चुला – दार्चुलामा टाइफाइड रोग विरुद्धको खोप अभियान अन्तरर्गत जिल्ला भरीका करिब ३९ हजार भन्दा बढि बालबालिकाले खोप पाएका छन । गत चैत्र २५ गते देखि ३० गते सम्म संञ्चालन गरिएको अभियान अन्तरर्गत ३९ हजार ११९ जना बालबालिकाले खोप पाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । खोप अभियानमा जिल्लाभरीका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ३९ हजार भन्दा बढि बालबालिका लाभान्वित भएको खोप सुपर भाइजर विरेन्द्र भट्टले जानकारी दिएछन । जिल्लाकाभरीका ४३१ वटा खोप केन्दबाट संञ्चालन गरिएको खोप कार्यक्रम अन्तरर्गत महाकाली नगरपालिकामा ७ हजार ४२६ जना बालबालिबाले टाइफाइड रोग विरुद्धको खोप पाएका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा ३हजार ८३३…

Read More

दार्चुला – नेपाल र भारत सिमा भएर बग्ने महाकाली नदीमा जुनसुकै बेला पनि जलस्तर बढ्न सक्ने भन्दै एनएचपीसीक लिमिटेड धौलीगंगा पावर स्टेशन धारचुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । पिथौरागढ जिल्ला अन्तरगतको धारचुला तहशिल छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनको बाँधबाट जुनसुकै बेला पनि महाकालीमा पानी आउने तथा जलस्तर बढ्न सक्ने उक्त पत्रमा उल्लेख गरिएको छ ।परियोजनाको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन बृद्धि भईरहेको तथा बाँधको स्पिलबे रेडियल गेटको मर्मत कार्य सुरु भइरहेको भन्दै बाँधको गेट खोलिन हुँदा नदिमा जलस्तर बढ्ने भारतिय पक्षले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै महाकाली नदीमा जुनसुकै बेला…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी उम्मेदवारी दिएकाहरूलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्ने बताएका हुन् । ‘बागी उम्मेदवार दिनेलाई सम्बन्धित पार्टीले कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने गठबन्धनभित्र अविश्वास पैदा हुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्छ,’ अध्यक्ष नेपालले भने । बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धनभित्र अविश्वास पैदा हुने बताए । गठबन्धन नभएको ठाउँमा आ-आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

Read More

काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका हुन् । महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् । ‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं ।’ सत्ता गठबन्धनले काठमाडौं…

Read More

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा प्रहरी नायब निरीक्षक (डीआईजी) वसन्त कुमार लामाको नाम सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब निरीक्षक लामालाई अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

Read More

काठमाडाैं – रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले आज शुक्रवार आलमकाे रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो । जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए ।कांग्रेसका…

Read More

काठमाडौं – नेपाल पूर्व प्रहरी संगठनले प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका धिरज प्रताप सिंहलाई बधाई दिएका छन् । संगठनले महानिरिक्षक सिंहको कार्य क्षमताको कदर गर्दै सरकारले सिंहलाई महानिरिक्षक पदमा पदोन्नति गरेकोमा संगठनले खुसी व्यक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

Read More