बैतडी– बैतडीमा स्थानीय तहको निर्वाचनमा मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको सर्वपक्षीय बैठकले आगामी आइतबारबाट निर्वाचनको मत परिणाम नआउन्जेलसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा सुरक्षा निकायका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, व्यापारीहरूको सहभागिता रहेको थियो ।
निर्वाचन आचारसंहितामा पनि २७ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने कुरा उल्लेख गरिएको छ । बैतडीमा भने एकदिन अघिबाटै रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
Facebook Comments Box