Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन सुझाव दिएको छ । नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ । महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिने पर्ने जनाएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो । नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ । पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्यूनतम भाडामा लिई उपयोग गर्न दिनु पर्ने…

Read More

काठमाडौं – निर्वाचन आयोगले काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले भनेका थिए– यु आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । ‘हामीले यसमा आचारसंहिता विपरीत भयो कि भएन ? तपाईँले यस्तो भन्नुभएको हो कि होइन ?,’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘हामीले तीन दिन भित्र स्पष्टीकरण दिनू भनेर पत्र काटिसकेका छौँ ।’

Read More

विराटनगर- इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मंगलबार मनाइँदैछ ।  इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् । गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् । रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।…

Read More

काठमाडौं – नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंह नियुक्त भएका छन् । आज उनले दर्ज्यानी चिन्ह(फुली) समेत लगाइसकेका छन् । यद्यपि नियुक्तिबारे असन्तुष्ट पक्ष नियुक्ति बदरको मागसहित सर्वोच्च अदालत समेत पुगेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तर, तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो । यस विषयमा गृह मन्त्रालयले स्पष्टीकरण दिदैं आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृह सचिव टेकनारायण पाण्डेले प्रष्ट पारेका छन्…

Read More

काठमाडौं – धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सर्वोच्च अदालत पुगेका छन् । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आइजिपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत पुगेका हुन् । उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा…

Read More

काठमाडौं – स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन दूबै दलले माग गरेका छन् । नेपाली कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि हमला गरेको दाबी गरेका छन् । यस्तै, नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको समूह आएर…

Read More

गोरखा – जिल्लाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ । ‘स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु’, विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो पटक पनि उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति…

Read More

काठमाडौं – आज राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँमा रूपमा परिणत गरिदिएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्त्वपूर्ण भूमिका खेलेको छ। सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित गर्न सरकारले तयारी थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने बताएका छन् । उनले प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य…

Read More

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै निताप्लेजुङमार्विरोध भएको बताइएको छ । हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार नेपाल निर्विरोध निर्वाचित भएका छन् । कम्युनिष्ट पार्टी (एमाले)बाट एक जना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले…

Read More

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । ।

Read More