कञ्चनपुर– कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–६ मा महाकाली नदी किनारमा शवदाहा निर्माण गरिएको छ । नेपाली सेनाले निर्माण गरेको शवदाह गृह नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
नेपाली सेनाको २५ नम्बर वाहिनी अन्तर्गत रहेको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५८४ रूपैयाँको लगानीमा शवदाह गृह निर्माण गरेको हो ।
२५ नम्बर वाहिनीका वाहिनीपति पुरुषोत्तम ढकालले निर्माण गरिएको शवदाह गृह नगरपालिका प्रमुख किशोरकुमार लिम्बुलाई हस्तान्तरण गरेका छन् । शवदाह गृह निर्माण भएपछि दोधारा–चाँदनी नगरपालिका बासिन्दालाई शवको दाहसंस्कार गर्न निकै सहज हुने भएको छ ।
Facebook Comments Box