Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन्। जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले आफूहरू एकताको प्रक्रियातिर फेरि अघि बढिसकेको बताए। उनले नेकपा एकताका लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनसमेत आग्रह गरे।

Read More

काठमाडाैं: लमजुङको दोर्दी गाउँपालिका–९ सुनार टोलका विकल सुनारको मृत्यु भएको छ। गतवर्ष माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको परीक्षा दिएका उनको नतिजा नै हेर्न नपाई मृत्यु भएको हो। पहिरोमा परेर मृत्यु भएपछि एसईई उतीर्ण भएर थप पढ्ने उनको धोकोको पनि अवसान भएको छ। नजिता प्रकाशित हुने मिति मुखमै आएकाले मंगलबार पनि उनी पास हुने सपनासहित सुतेका थिए। तर, त्यो रातबाट उनी सुतेको सुत्यै भए। घरसँगै जोडिएको खोपीमा दाजु मिलनसँगै सुतेका उनीमाथि त्यो राति पहिरो आयो। पहिरोले खोपी भत्किँदा उमेरले १६ वर्ष मात्रै पुगेका उनीसहित दाजु मिलन घाइते भए। तर, पहिरो पन्छाएर अस्पताल लग्दा दाजु मात्रै जिउँदो अवस्थामा पुगे। विकलले आधा बाटोमै…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको प्रतिवेदन बारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । महामन्त्री ढकालले तयार पारेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदन बारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको हो ।  महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडी बढीरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन् । उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका…

Read More

काठमाडौं । नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले  विविध कार्यक्रम आयोजना गर्दै आएको छ। नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ। २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो। ०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज…

Read More

काठमाडौँ : नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले नेपाल प्रहरीको विभिन्न वि.नं. ०८०-८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, उपसमूहको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजाDownload

Read More

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आसपासका जिल्लामा समेत भुकम्प को धक्का महसुस गरिएको थियो ।

Read More

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन विधेयक, २०७९’ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौं: गृहमन्त्रायलले सशस्त्रका एक इन्स्पेक्टरलाई स्पष्टीकरण माग गरेको छ। सशस्त्र प्रहरीका प्राविधिक तर्फकाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. अनुप खड्कालाई गृहमन्त्रालयले सात दिन भित्र स्पष्टीकरण माग गरेको हो। डा. खड्काले सशस्त्र प्रहरीले यही असार ३ गते प्रकाशित गरेको सूचनाको पनि बेवास्ता गरेकोले अन्तिम कारबाही अगाडि स्पष्टीकरणको मौका दिएको गृहले जनाएको छ।

Read More

काठमाडौँ : भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार हुने भएको छ ।

Read More

धनगढी: महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ। भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए। जोशी पाटन पुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। जोशीको मृत्युको कारण भने खुलेको छैन। बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा…

Read More